२०७९ भाद्र १८, शनिबार ०८:४०

जनकपुरधाम । महोत्तरीको बलवा नगरपालिकाको निवर्तमान नगर प्रमुख विनोद यादवले महिला नेतृमाथि दुव्र्यवहार गरेको आरोप लागेको छ ।

पार्टीको बैठकमा उनले नेपाली काँग्रेस महोत्तरी जिल्ला कार्य समिति सदस्य ममता महतोमाथि दुव्र्यवहार गरेको हो । महोत्तरीको लोहारपट्टीस्थित शिवचन्द्र भवनमा प्रदेश सभातर्फको अकांक्षी उम्मेदवारको नाम सिफारिस गर्न बैठक बसिएको थियो । सोही बैठकमा नेतृ महतोले पनि आफ् नो इच्छा राख्दा यादवसहितको व्यक्तिले हो–हल्ला गर्दै धक्का दिएको उनको आरोप छ । महतोले पार्टीमा हैकमवाद हावी भएको भन्दै पार्टी जिल्ला अध्यक्ष नागेश्वर रायसँग न्यायको याचना गरेकी छिन् । यस अघि स्थानीय निर्वाचनमा बलवा नगरपालिकाको उपप्रमुखमा महतोको नाम सिफारिस भएपनि विनोद यादवकै कराण टिकेट खोसिएको थियो । साही समयदेखि उनीहरुबीच टसल बढेको बताइन्छ ।

Please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=VBrdsdcQhSw

Comment


Related News

Latest News

Trending News