अपडेट 
२०७९ भाद्र १८, शनिबार १२:४४

पाकिस्तान एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ । युएईमा जारी प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा हङकङलाई १५५ रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तान सुपर चारमा पुगेको हो ।

सारजाह क्रिकेट मैदानमा पाकिस्तानले दिएको १९४ रनको लक्ष्य पछ्याएको हङकङ १० ओभर ४ बलमा ३८ रन जोड्दा अलआउट भयो ।

हङकङका लागि कप्तान निजाकट खानले सर्वाधिक ८ रन बनाए । हङकङका कुनैपनि खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

पाकिस्तानका लागि शादब खानले चार विकेट लिए । त्यस्तै मोहमद नवाजले तीन विकेट लिँदा नासिम शाहले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभर २ विकेट गुएर १९३ रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहम्मद रिजवान र फकर जमानले अर्धशतकीय पारी खेले । ५७ बल खेलेका रिजवानले ६ चौका र १ छक्काको सहयोगमा ७८ रन बनाए ।

त्यस्तै ४१ बल खेलेका जमानले ३ चौका र २ छक्काको सहयोगमा ५३ रन बनाए । पाकिस्तानका खुल्सदिन शाहले अविजित ३५ तथा कप्तान बाबर अजामले ९ रन बनाए ।

हङकङका लागि इशान खानले तीन विकेट लिए । जितसँगै समूह ‘ए’ बाट पाकिस्तानले सुपर चारमा स्थान बनाएको छ । यसअघि भारत सुपर चारमा प्रवेश गरेको थियो । सुपर चारमा भारत र पाकिस्तान फेरि भिड्ने भएका छन् ।

Comment


Related News

Latest News

Trending News