
मधेस प्रदेशका प्रमुख न्यायाधिवक्ता दीपेन्द्र झाले आफ्नो पदबाट राजीनामा गरेका छन् । उनले मुख्यमन्त्री लालबाबु राउतलाई शनिबार राजीनामा बुझाएका छन् ।
मधेस प्रदेश गठन भएदेखि नै प्रमुख न्यायाधिवक्तामा नियुक्त भएका झा शनिबार नै जनता समाजवादी पार्टीमा प्रवेश गर्दैछन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले झालाई जलेश्वरमा हुने कार्यक्रमका बीच पार्टी प्रवेश गराउन लागेका हुन।
झा महोत्तरीको क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् ।
Please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=VBrdsdcQhSw