अपडेट 
२०७९ भाद्र १९, आईतवार ०७:०४

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सबै क्षेत्रमा चुनाव लड्ने गरी तैयारी अवस्थामा बस्न निर्देशन दिएका छन् ।

महोत्तरीको जलेश्वरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो निर्देशन दिएका छन् । पहिचान र समानताको लागि जारी आन्दोलनको एउटा मोर्चा निर्वाचन समेत रहेको बताउँदै अध्यक्ष यादवले काठमाण्डुमा बस्नेलाई मधेश हेर्ने दृष्टिकोणमा परिवर्तन नआए सम्म आन्दोलन जारी रहने उनले बताए । संघीयता र गणतन्त्र खतरामा परेको बेलामा जसपाले नेतृत्व लिएर जोगाएको स्मरण गराउदै अध्यक्ष यादवले संघीयता र गणतन्त्रको रक्षाको लागि आपूmहरु अझै पनि गठबन्धनको पक्षमा रहे पनि सबै सिट आपूm लाई नै चाहिने प्रयास कतै बाट भए त्यो स्वीकार्य नहुने बताए । नेपाली कांग्रेसले कार्यदलको बैठकमा १०० सिटमा दाबी गरिरहेको प्रति इङ्गित गर्दै अध्यक्ष यादवले कसैको स्वार्थ पूरा गर्नका लागि गठबन्धन नबनेको भन्दै स्वार्थसिद्धिको भ¥याङ्ग नबन्ने चेतावनी समेत दिएका थिए । गठबन्धन प्रतिगामीको विरुद्धमा बनेको चर्चा गर्दै उनले गठबन्धनमा पार्टीले आफ्नो हैसियत अनुसारको सिटमाथि दाबी गर्नु उचित रहेको उनले टिप्पणी गरे । गत स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारलाई गठबन्धन दलकै नेताहरुले धोका दिएको भन्दै उनले निष्ठा र समर्पणको भाव नआए गठबन्धनको औचित्य नहुने उनले तर्क गरेका थिए । आफ्नो पार्टीको अथक प्रयासले नागरिकता विधेयक दुई दुई चोटी प्रतिनिधिसभा र राष्ट्रियसभावाट बहुमतले पास भए पनि केही मधेश विरोधी मानसिकताले त्यसलाई रोक्ने हर सम्भव प्रयास गरिरहेको उनले आरोप लगाएका थिए ।

नेकपा एमालेले अध्यादेशवाट ल्याएको नागरिकता विधेयक प्रमाणीकरण हुने तर, जनताले चुनेर पठाएको प्रतिनिधिहरुले बहुमतले पास गरेर पठाएको विधेयक प्रमाणीकरण नहुनेबाट मधेशलाई हेर्ने दृष्टिकोण स्पष्ट हुनेगरेको उनले तर्क गरेका थिए । मधेश आन्दोलनको बेला आन्दोलनलाई दबाउने र निहत्था मधेशी युवाहरुको टाउकोमा गोली हान्नेहरु मधेशी युवाहरुलाई अहिले पनि गैर नागरिक बनाएर दास जस्तो व्यवहार गरेको आरोप लगाएका थिए । मधेशका युवाहरुलाई भोटिङ्ग राइटबाट टाढा राख्ने नेकपा एमालेको अथक प्रयास यस पटक सफल नहुने र सदन देखि सडक सम्म गर्ने गरेको प्रतिगमनको विरुद्ध मधेशी जनता यस पटक उभिने विश्वास व्यक्त गरेका थिए ।

Please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=WHox-hfu14Y

Comment


Related News

Latest News

Trending News