सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाको १५ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाले आर्थिक बर्ष ०७८।०७९ मा करिब १ हजार ७ सय शेयर सदस्यबीच कारोबार गरी ६३ लाख ६२ हजार २ सय ४७ रुपैया खुद्रा नाफा आर्जन गरेको संस्थाकी अध्यक्ष अनिता लम्सालले जानकारी दिए । सिमरा महिला साकोसले गत साल निक्षेप ८ करोड ८ लाख ८० हजार ३ सय ९५ रुपैया र कर्जा ९ करोड ५१ लख २८ हजार ४ सय ४० रुपैया प्रवाह गरेको छ । स्थापना कालदेखि नै कुनै किसिमको घाटा नव्यहोरेको संस्थाले आर्थिक बर्ष ०७८।०७९ मा आर्जन गरेको नाफाबाट १८ प्रतिशत शेयर लाभांश वितरण गर्ने संस्थाका अध्यक्ष लम्सालले बताए । करिब १२ करोड ७ लाखको कारोबार गरेको सिमरा महिला साकोसले जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.९ छातापिपरामा सेवा केन्द्र सञ्चालन गर्ने र समान प्रकृतिका सहकारीबीच एकीकरणको लागि पहल गर्ने संस्थाले लक्ष्य राखेको छ । संस्थाको औपचारिक कार्यक्रमको उद्घाटन जीतपुर सिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले गरेका थिए ।
नगर प्रमुख पौडेलले समाजमा अहिले पनि महिलामाथिको हिँसा ,छुवाछुत ,करणी ,बोक्सी प्रथा लगायतको समस्या विद्यमान रहेकाले महिला सहकारीहरु यस बिषयमा एकजुट भएर यसको निराकरणमा लाग्नुपर्नेमा जोड दिए । सहकारीका अध्यक्ष अनिता लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीमा उत्कृष्ट कारोबार गर्ने जनप्रतिनिधि र सञ्चारकर्मीलाई सम्मान गरिएको थियो ।