२०७९ भाद्र १९, आईतवार ०७:२४

सशस्त्र प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

शनिबार सशस्त्र प्रहरी बल नेपाल बिओपि महिनाथपुरले विदेह नगरपालिका १ स्थितबाट लागू औषधसहित दुबै जनालाई पक्राउ गरेको हो । भारतबाट नेपाल तर्फ आउदै गरेका सबैला नगरपालिका ४ बिनटोलिका २१ वर्षीय राजकिशोर मुखिया र सोही ठाउँका २२ वर्षीय शत्रुधन यादबलाई पक्राउ गरेको प्रहरी निरीक्षक गणेश दत्त पाण्डेले जानकारी दिए । उनका अनुसार शंका लागी चेकजाच गर्ने डाइलेक्स डीसी दुई बोतल र नाइट्रोभेट २० पत्तामा तीन सय थान बरामद भएको छ ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कार्वाहिको लागी ईलाका प्रहरी कार्यालय खजुरीमा राखिएको छ । उक्ता विषयमा थप अनुसन्धान भइरहेको छ । पछिल्लो समय नेपाल भारत सीमाबाट विभिन्न माध्यमबाट लागू औषध ओसार पसार भइरहेका छन् । यी काममा बढी युवा प्रयोग भइरहेको छ ।

 

Comment


Related News

Latest News

Trending News