
रौतहटको गौरमा रहेको प्रादेशिक अस्पतालमा गौरका युवाहरुको समूहले शनिवार सरसफाइ गरेका छन् ।
प्रादेशिक अस्पताल गौरमा सफाइकर्मी हँुदा हुँदै भएको फोहरको डम्पिंगलाई स्वतन्त्र युवाहरुको समूहले सरसफाइ गरेका छन् । मनुष्य चेतनशील प्राणी भए पनि सदर अस्पतालको छेउमा गरिएको फोहारको व्यवस्थापनलाई युवाहरुले सरसफाइ गरेर उदाहरणीय कार्य गरेका छन् । प्रादेशिक अस्पताल गौर सेवा प्रवाहमा अवल हुनु पर्नेमा सो नभइ जिल्लाको रेफरल अस्पतालको रुपमा परिणत भएको देखिदा युवाहरु दुखित भइ सो अभियान संचालन गरेका हुन् । अस्पताल सम्बेदनशील सस्था भएको र सरसफाइ हुनु पर्नेमा त्यो नभएको कारण युवाहरुले सार्वजनिक संस्थामा सरसफाइ हुनुपर्ने सन्देश दिने मुख्य उद्देश्यले युवाहरुको समूहले सर सफाई गरेको युवा नेता ललन यादवले जनाए । गौर अस्पतालमा स्वीपर भए पनि सरसफाइ नहुँदा बिरामीहरुको कुरुवा हरुलाई विषालु सर्पले समेत टोकेको घटना घटेको थियो ।
सरसफाइ नभएका कारण आकस्मिक कक्षमा विषालु सर्पको विगबिगी बढेको थियो । अस्पताल सरसफाइ हुनु पर्नेमा त्यहाँ फोहर भण्डारण जथाभावी गर्नाले वातावरण दुर्गन्धित बनेको थियो । युवाहरु गएको साता वृक्षरोपण गरेका थिए । पर्यावरण शुद्ध बनाउने उद्देश्यले युवाहरु वृक्षरोपण कार्यलाई निरन्तरता दिएका छन् ।