अपडेट 
२०७९ भाद्र १९, आईतवार ०७:५०

रौतहटको कटहरिया नगरपालिका वडा नं.९ का सयौं घरपरिवारलाई ग्यास सिलिण्डर तथा चुल्हो वितरण गरिएको छ ।

कटहरिया स्थित शहीद तराई मधेश जनयुद्ध स्मृति प्रतिष्ठानमा शनिवार आयोजित एक कार्यक्रमका बीच कटहरिया नगरपालिका– ९ मा करिव ५ सय ५० घर परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको हो । पूर्व मन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहको धुँवा चुल्हो मुक्त अभियान अन्तर्गत सो ग्यास सिलिण्डर तथा चुल्हो वितरण गरिएको एमालेका केन्द्रीय सदस्य कुन्दन कुश्वाहाले बताए । परम्परागत दाउराको चुल्हो बाल्दा धुँवाको कारण स्वास्थ माथि नराम्रो असर पर्ने र ग्यास चुल्हो बाट गृहिणीको समय र पैसा दुबै बचत हुने भएकाले सो क्षेत्रमा अभियान संचालन गरिएको छ । सो अभियान अन्तर्गत अहिलेसम्म क्षेत्र नं ३ को मौलापुर, देवाही गोनाही, कटहरिया, फतुवा विजयपुर नगरपालिकाको हजारौ हजार घरपरिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिसकेको नेता कुश्वाहाले बताए ।

यससँगै अब कटहरिया नगरपालिका पनि धुँवा चुल्हो मुक्त नगर बन्ने निश्चित भएको छ । ग्यास सिलिन्डर तथा चुल्हो वितरण कार्यक्रममा एमालेका क्षेत्रीय इन्चार्ज एवं पूर्व मेयर सियाराम कुशवाहा, युवा संघको प्रदेश सह– इन्चार्ज नरेश तुरहा, नगर कमिटी इन्चार्ज योगेन्द्र साह लगायतका जनप्रतिनिधि तथा नेताहरुको उपस्थिति रहेको थियो ।

 

Comment


Related News