अपडेट 
२०७९ भाद्र १९, आईतवार ०७:५६

आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तर्फबाट चिकित्सकहरु समेत उम्मेदवारीको आकंक्षी बनेका छन् ।

चिकित्सा पेशामा आफ्नो पहिचान बनाइसकेका चर्चित चिकित्सकहरुलाई उम्मेदवार बनाउन प्रजातन्त्रवादी चिकित्सक संघले सिफारिस गरेको छ । नेपाली कांग्रेसको सुभेच्छुक संस्था प्रजातान्त्रिक चिकित्सक संघले सात जना चिकित्सकहरुलाई प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवार बनाउन सिफारिस गरेको हो । संघले नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवालाई सात जना चिकित्सकलाई प्रतिनिधि र प्रदेश सभामा उम्मेदवार बनाउन सिफारिस गरेको हो। सिफारिस गरिएकाहरु मध्यये दुई जना चिकित्सक मधेश प्रदेशका रहेका छन् । डा अन्जनीकुमार झालाई प्रतिनिधि सभा प्रत्यक्ष तर्फ महोत्तरी ४ बाट उम्मेदवार बनाउन सिफारिस गरिएको छ । उनी लामो समय देखि चिकित्सा क्षेत्रका विभिन्न संघ संसथामा आवद्ध हुनुका साथै चिकित्सा सेवामा पनि लामो अनुभवनै छ । त्यस्तै डा अजय शाहलाई प्रदेश सभा प्रत्यक्ष तर्फ धनुषा–४ मा सिफारिस गरिएको छ । डा. शाह नेपाल डेन्टल एशोसिएसन धनुषाका संस्थापक अध्यक्ष र वर्तमानमा नेपाल डेन्टल एशोसिएसनका उपाध्यक्ष र डेमोक्रेट डाक्टर एसोसिएशनको सह अध्यक्ष रहेका छन् ।

उनको पनि डेन्टल क्षेत्रमा लामो अनुभव रहेको छ । डा केदार नरसिंह केसी केसीलाई प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ नुवाकोट क्षेत्र नम्बर १ मा उम्मेदवार बनाउन सिफारिस गरिएको छ । डा मुक्तिराम श्रेष्ठलाई प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ अर्घाखाँचीबाट उम्मेदवार बनाउन सिफारिस गरिएको छ। डा मोदनाथ मरहठ्ठालाई प्रदेश साभा सदस्यका लागि प्रत्यक्ष तर्फ गोरखा २ बाट उम्मेदवार बनाउन सिफारिस गरिएको छ। डा मनोहर दिन सैयदलाई प्रतिनिधि सभा समानुपातिक तर्फ काठमाण्डु–६ मा उम्मेदवार बनाउन सिफारिस गरिएको छ । त्यस्तै डा सन्तोष उपाध्यायलाई प्रतिनिधि सभा प्रत्यक्ष तर्फ अछामबाट उम्मेदवार बनाउन सिफारिस गरिएको छ ।

Please subscribe our official youtube channel below and support us.

 

Comment

Related News

Latest News

Trending News