
रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ८ सोनरनिया निवासी आमा, छोरा र बुहारीले आफूहरुको चरित्र हत्या गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन ।
देवताल गाँउपालिका वडा नम्बर ७ का संजीव यादव संग रु ३९ लाख ठगी गरेकोमा चेक बाउन्स मुद्दामा रौतहटको गौर कारागारमा जेल जीवन विताई रहेका आत्माराम भनिने दयाशंकर प्रसाद यादवले आमा सुनैना, पत्नी सन्ध्या यादवलाई केही दिन अगाडि पर्साको वीरगञ्जमा पत्रकार सम्म्ोलन गरी बाराका अनिल कुमार प्रियदर्शी, र सुनिल कुमार ठाकुर लगायतका व्यतिmहरु मिटर ब्याजी रहेको कुरा जानकारी गराएका थिए । आफूहरुले दयाशंकर प्रसाद यादवसंग कुनै पनि आर्थिक कारोबार नगरेको हँुदा समेत हामीहरुको चरित्र हत्या गर्ने काम गरेको हुँदा सोमा संलग्न रहेका तिनीहरु माथि मानहानी मुद्दा लगाई कानूनी कारवाही गर्नुपर्ने कलैयामा पत्रकार सम्म्ोलन गरी माग गरेका छन् ।
गौर कारागारमा रहेको आत्माराम, विदेशमा रहेको युगलकिशोर यादव, बाहिर रहेका किशोरी प्रसाद यादवको समेत नाम जोडी उनीहरुको उपस्थितिमा पत्रकार सम्म्ोलन भयो भने कुरा बाहिर आउनु हास्यास्पद कुरा हो प्रियदर्शीको भनाइ रहेको थियो । आत्माराम भनिने दयाशंकरले लेनदेन मुद्दा सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ कचोर्वाका रामदिनेश यादव संग २८ लाख, देवताल गाँउपालिका वडा नम्बर ७ बस्ने संजीव कुमार यादवसंग ३९ लाख, आफनै काकाको छोरी सोनरनियाका मिन्टु यादवसंग १६ लाख, रौतहट राजदेवी नगरपालिका वडा नम्बर ७ मुडेवा बस्ने रवीन्द्रप्रसाद यादवसंग रु ६ लाख ८० हजार, बारा भोडहाका रुबी यादवसंग रु ११ लाख र आत्मरामको श्रीमती सन्ध्या यादवले मिन्टुको श्रीमानसंग रु ५० लाख सहित दर्जनौ व्यतिmहरुसंग करिब साढे ३ करोड भन्दा बढी ठगी गरेको हुँदा ती सबै पैसा गोलमाल गर्ने, पचाउने नियतले आफनो नाम बदनामी गराएको भटिनिया निवासी अनिल प्रियदर्शीले भने ।