अपडेट 
२०७९ भाद्र १९, आईतवार १०:४३

धनुषा क्षेत्र नम्बर २ का लागि उम्मेदवार चयन गर्न बसेको नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठकमा कुटाकुट भएको छ ।

औरही गाउँपालिकामा बसेको बैठकमा उम्मेदवार चयनको विषयमा पूर्व सांसदद्वय रामकृष्ण यादव र मुक्ता यादवका समर्थकबीच कुटाकुट भएको हो । रामकृष्ण कांग्रेस नेता रामचन्द्र पौडेल र मुक्ता सभापति शेरबहादुर देउवा गुटमा छन् ।

रामकृष्ण पक्षले मुक्ताको नाम प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्न नचाहेका कारण बैठकमा चर्काचर्की भएको थियो । सोही क्रममा कुटाकुट भएको बताइएको छ ।

Please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=VBrdsdcQhSw

Comment


Related News

Latest News

Trending News