अपडेट 
२०७९ भाद्र १९, आईतवार १२:१५

एशिया कपको सुपर ४ मा पुगेमा भारत र पाकिस्तान फेरि एकपटक आमने सामने हुँदैछन्। दुई टोलीबीचको खेल दुबुई इन्टरनेशनल स्टेडियममा नेपाली समयअनुसार ७:४५ बजेदेखि सुरु हुनेछ। शुक्रबार पाकिस्तानले हङकङलाई पराजित गर्ने बित्तिकै दुई टिमको प्रतिष्पर्धा तय भइसकेको थियो।

सात पटकको च्याम्पियन भारत पहिलो खेलमा जित हात पार्दै सुपर चारको यात्रालाई सुखद सुरुआत गर्न चाहन्छ । यता, दुई पटकको च्याम्पियन पाकिस्तान पनि जितका साथ सुपर चारको यात्रा सुरुआत गर्न चाहन्छ । भारत र पाकिस्तानबीच पछिल्लो पाँच भेटमा भारत हाबी हुँदै आएको छ ।

पछिल्लो पाँच भेटमा भारत ४ पटक विजयी भएको छ । पछिल्लो पटक यसै एसिया कपको समूह चरणमा दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । जसमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको थियो । प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाएका हुन् ।

समूह ‘ए’ बाट भारत र पाकिस्तान तथा समूह ‘बी’ बाट अफतानिस्तान र श्रीलंका सुपर चारमा पुगेका छन् । सुपर चारमा चारै टोलीले एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

Comment


Related News

Latest News

Trending News