आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमालेबाट धनुषाका दुई निर्वाचन क्षेत्रबाट नेकपा एमालेका सचिव रघुवीर महासेठ दम्पतीको नाम सर्वसम्मत रुपले सिफारिस गरिएको छ ।
आइतबार जनकपुरधाममा सम्पन्न धनुषाको क्षेत्र नम्बर ३ बाट बैठकले पोलिटब्यूरो सदस्य जुलीकुमारी महतोको एकल नाम र क्षेत्र नम्बर ४ बाट बैठकले स्थायी समिति सदस्य रघुवीर महासेठको एकल नाम सिफारिस गरेको छ । नेकपा एमालेको विधानमा कुनै पनि दम्पतीले प्रत्यक्षवाट निर्वाचन लड्न चाहँदा एक जनाले मात्रै लड्न पाउने उल्लेख रहेको भए पनि विधान विपरीत नेकपा एमाले क्षेत्रीय कमिटीहरुले दुबै जनाको नाम सिफारिस गरेको छ । यस भन्दा पहिला महासेठ धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष र जुली महासेठ समानुपातिकबाट सांसद थिए । दुबै जना पालो पालो मन्त्री पनि बनेका थिए ।