अपडेट 
२०७९ भाद्र २०, सोमबार ०७:३६

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा पाँच घण्टा लामो छापा हानेको छ ।

बर्दिबासवाट खटि आएको अख्तियारको टोलीले विभिन्न उजुरीका कागजातहरु लिएर गएको बर्दिबास कार्यालयका प्रमुख गोपाल अधिकारीले जानकारी दिएका छन् । अख्तियारले वृहत्तरवाट भएको निर्माणको काममा व्यापक अनियमितता भएको भन्दै परेको उजुरी सम्बन्धी कागजात लिएर गएको छ । यस भन्दा पूर्व वृहत्तरद्वारा जानकी मन्दिरमा भएको विद्युतीकरणमा व्यापक अनियमितता भएको भन्दै छापा हानेर सो सम्बन्धी कागजात लिएर गएको थियो । तर, त्यो मुद्दा भने अख्तियारले मुल्तवीमा राखेको छ । वृहत्तरले मधेश प्रदेशका धनुषा र महोत्तरी कार्यक्षेत्र रहेको र यस जिल्लाहरुको विभिन्न पालिकावाट वृहत्तरको विरुद्धमा दर्जनौ उजुरीहरु अख्तियारमा छन् । वृहत्तरले कामनै नगरि मिलेमतोमा उपभोक्ता समिति तथा ठेकेदारहरुलाई भुक्तानी दिएको, प्राविधिकले मूल्यांकन भन्दा बढी रकम निकासा गरेको लगायत गाडी खरिदमा समेत व्यापक अनियमितता भएको उजुरी परेको छ ।

वृहत्तरका कार्यकारी अधिकृत वलराम ठाकुरले दानमा दिइएको गाडी आफ्नो श्रीमती इन्दुलेखा कुमारी ठाकुरको नाममा नामसारी गराइ बेचेको कागजात पनि अख्तियारले लिएर गएको छ । दैलेख जिल्लाका विगु गाउँपालिका ७ बस्ने ३५ बर्षीय जेन्डिल शेर्पाले वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्लाई बा १३ च २०३७ नम्वरको स्कारपियो एस फोर फिप्टीन गाडी धार्मिक, सांस्कृतिक र सामाजिक कार्यको निमित मात्र प्रयोग गर्न पाउने गरी वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्लाई दान दिएका थिए । दुबै पक्षले २०७६ कार्तिक १४ गते दानपत्र बनाएको देखिन्छ तर, ठाकुरले सो गाडी २०७७ साउन २१ गते आफ्नो श्रीमतीको नाममा नामसारी गरेका छन् । त्यस्तै वृहत्तरका लेखापाल सावित्री गिरीको घर अगाडि भएको पिसीसी ढलानमा समेत व्यापक अनियमितता भएको छ । उनको घर अगाडि बनेको सडक स्टीमेट भन्दा बढीको बजेटिङ्ग गरिएको र स्टीमेटमा प्राविधिकले १३ हजार रुपैयाँ कम भुक्तानीको कागजात पेश गरेपनि लेखापाल गिरीले भने पूरा रकम भुक्तानी दिएको उजुरी समेत अख्तियारमा परेको छ ।

कार्यालयद्वारा निर्माण गरिएको शौचालयमा समेत अनियमितताको उजुरी छ । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्बाट हुने अनियमितता विरुद्ध आम जनताले अख्तियारमा उजुरी हाले पनि त्यसको सुनुवाई छिटो नहुने भएका कारण भ्रष्टाचार नियन्त्रणमा ढिलाई भएको देखिन्छ । धनुषा महोत्तरीको धार्मिक, सांस्कृतिक क्षेत्रलाई संरक्षण सम्वद्र्धनका लागि गठन भएका कार्यालयमा बढेको भ्रष्टाचर दिन प्रतिदिन मौलाउँदै गएको छ ।

Please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=WHox-hfu14Y

Comment


Related News

Latest News

Trending News