अपडेट 
२०७९ भाद्र २०, सोमबार ०७:४५

आठ वर्ष अघि भारतका प्रधानमन्त्री नरेन्द्रमोदी पहिलो पटक नेपाल भ्रमणमा आउँदा नेपाली संसदलाई सम्बोधंन गरेका थिए । आफ्नो सम्बोदधनको क्रममा उनले नेपाललाई हाईवेज, आईवेजर ट्रान्सरवेज (हिट) माध्याकन केन्द्रित गर्न सुझाव दिएका थिए । राजमार्ग, प्रसारणलाई नरअन्तजर सन्जारललाई नकोक्षेत्रमा प्रगति गरिए कुनै पनि देशले आर्थिक प्रगती र समृद्धीको लक्ष्य व पछयाउन बढी प्रतिक्षा गर्नु पर्दैन । आफ्नो जसम्बोरधनको क्रममा उनले एउटा अर्को सुझाव दिएका थिए “अहिले भारतले नेपालको ऊर्जा आवश्यकतालाई पुरा गर्नेछ र नेपालले उर्जा क्षेत्रमा प्रगति गर्न थाले पछी भारतलाई निर्यात गर्नेछ, अर्थात नेपाल भारतमा बिजुली बिक्री गरेर पैसा कमाउन सक्ने र सुझाव दिएका थिए ।

मोदीको भ्रमण सकिएको विगत आठ वर्षमा नेपालले भारत सित विधुत ब्यसपार सम्झौता तथा विधुत प्रसारण सम्झौता गर्यो । आज यसको सकारात्म भएको परिणाम पनि देखा पर्न थालेका छन र नेपालले सन २०१३ देखि २०२१ सम्म ८ वर्षमा झण्डै २ अर्बका ेविजुली मात्रै बिक्री गर्न सकेकोमा सन् २०२२ को मध्य सम्ममा नै ३ अर्ब ८८ करोड ४० लाख रुपैयाकोविजुली बिक्री गरिसकेको छ । नयाँ आकडामा यो ६ अर्ब नाघि सकेको छ । अत्यापधिक मात्रामा विधुतकोउत्पाादन र ठाउँठाउँमा प्रसारण लाईनको निर्माण गरिएमा नेपालले एक्लो भारतमै बिजुलीको बिक्री गरेर पनि भारत सितको आकाशिदो ब्यापार घाटालाई कम गर्न सक्दछ । अब नेपालले बिधुत आयातमा धेरै कमी ल्याएको छ जब की विधुत निर्यातको आयतन निरन्तनर रुपमा बढदै गएको छ । स्व आदेशी बिजुलीबाट वर्षायामको माग धान्‍न सकिने भएपछी भारतबाट हुने विधुत आयात क्रमशः घटदै गएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७/८ मा नेपालले भारतबाट २१ अर्ब ५० करोड ५० लाख बराबर रुपैया बराबरको बिजुली खरिद गरेको थियो । त्यो रकम गत आर्थिक वर्षमा करिब आधाले घटेको छ । गत वर्ष आर्थिक वर्ष ०७८/७९ सालमा बिजुली आयात ११ अर्ब ५८ करोड २० लाख रुपैयामा सिमित देखिन्छ । अघिल्लोआर्थिक वर्ष ०७७/७८ मा ४ करोड ४० लाख युनिट विधुत निर्यात भएकोमा गत आर्थिक वर्ष ७८ ०७८/७९ मा ४९ करोड ३० लाख युनिट निर्यात भएको छ । यसरी एकातिर बिजुली आयात घटीरहेको छ जवकी निर्यात भन्ने बढी रहेको छ । नेपाल विधुत प्राविधिकरणको तथ्योलाई हेर्दा अहिले नेपालको कुल विधुत जडित क्षमता २२ सय मेगावाट बराबर छ । उक्त परिणाम बराबरको बिजुली उत्पादन गर्ने आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका छन् ।

हाल सम्मको विधुत पिकडिमाण्ड १२ हजार ७ सय ७४ मेगावाट बराबर छ । अर्थात नेपालले बिजुली खपत गरेको हाल सम्मको सबैभन्दा उच्च टत्तबिन्दु १७ सय ४७ मेगावाट बराबर हो । वर्षा याममा हुने बिजुली उत्पादनको तुलनामा डिमाण्डक कम भएकोले निर्यात सम्भिव भएको हो भने हिउँदमा भने नदीमा पानीको सतह घट्दा उत्पादन पनि कम हुन्छ । जसलेगर्दा वर्षा याममा नेपालमा उत्पादित बिजुलीले आन्तारिक माँग धानेर बेच्न समेत थालेको छ भने हिउँदमा अहिले पनि उत्पादन घटदै जाँदा आयात गर्नु पर्ने अवस्था छ, यद्धपी आन्तगरिक उत्पादन बढ्दै जाँदा एकातिर बिजुली आयात घटेको छ भने अर्को तिर निर्यात बढि रहेको छ, जसले नेपालको बिधुत ब्यापार घाटा घटदै गएको छ । गत आर्थिक वर्ष ०७८/७९ मा भारत तर्फको विधुत निर्यात बढेको छ भने आयात घटेको छ । अहिले नेपालमा खपत गरी अतिरिक भएका विधुत दैनिक रुपमा अधिकतम ३६४ मेगावाट भारतमै निर्यात भइरहेको छ । प्रसारण लाईन निर्माण नभएको कारण वर्षा याममा सयकडौ मेगावाट विजुली खेर गइरहेको थियो तर प्रसारण लाईनको निर्माण भएबाट हामी भारतमा बिजुलीको निर्यात गर्न सकिरहेको छौं । तर केही कथित राष्ट्र वादीहरुले त्यसको पनि विरोध गरिरहेका थिए । आखिर प्रसारण लाईनको निर्माण भएबाट नेपालले भारत लगायत अन्य देशमा पनि बिजुलीको निर्यात गरी अर्बौ रुपैया कमाउँदा राष्ट्र कसरी कमजोरहुन सक्यो गर बुझ्न सहिएन ? अघिल्लो र वर्षको तुलनामा आर्थिक वर्ष ०७८/७९ मा आन्तरिक बिधुत खपत २१.२८ प्रतिशतले बृद्धी हुँदा समेत २ अर्ब ८० करोड ६० लाख युनिट विधुत आयात भएको मागत आर्थिक वर्ष ०७८/७८ मा ४५.०५ प्रतिशतले घटेर १ अर्ब ५४ करोड ३० लाख युनिट भएको छ । आर्थिक वर्ष ०७७/७८ मा कुल २१ अर्ब ८२ करोड रुपैयाको बिधुत आयात भएको थियो ।

आर्थिक वर्ष ०७८/७९ मा आयात घटेर ११ अर्ब ५८ करोड रुपैयामा भएको छ । विधुत प्राधिकरणले गत जेष्ठ १९ बाट इण्डिय नइनर्जी एक्स अचेन्जद (आईईएक्स) मा बिजुली बेच्न अनुमती पाएको हो । यद्धपी नेपालले आईईएक्स बिजुली बेच्न अनुमती पाएको गत कार्तिकमा हो । गत वर्ष नेपालको त्रिशुली र देवीघाट जलबिधुत आयोजनाको मात्रै बिजुली भारतले किनेको थियो । यस वर्ष भने ती दुई आयोजना सहित मर्स्या्ङदी कालि गण्डोकी र लिखु समेत गरी कुल ३ सय ६४ मेगावाट बिजुली निर्यात भइरहेको छ । लिखु निजि क्षेत्रबाट प्रबद्र्धित आयोजना हो । आईईएक्स भन्दा र बाहिर भारतको विहार राज्यलाई पनि नेपालले बिजुली निर्यात गरिरहेको छ । प्राकृतीक सम्पदाले धनी देश नेपालले अहिले सम्म समुचीत विकाश गर्न नसकेको मुख्य कारण यहाँका राजनितिक दलका नेताहरुमा देखिएको विकास प्रतिको नकारात्म्क धारणा नै हो । विगत केही दशक अघि सम्मा त भारत र अमेरीकाको नाम सुन्ने वितिकै त्यसमा अनर्थ मात्रै हर्ने राजनितिक र बुद्धि जिवि जमात पनि देशमा कम थिएनन् । वि.स. २०५० सालमा अरुण जलविधुत परियोजनाको विकासको कुरा गर्दा देशको राष्ट्रियता गुम्ने भने नारा लगाएका एमालेको नेता र साँसदहरु सहित देशका बामपन्थिाहरुले त्यसलाई कार्यान्वनयन हुन दिएनन् । माओवादी सत्तामा आएपछी पनि यहि अवस्था थियो । देशले १९ घण्टो सम्म दैनिक लोडसेडिङ्ग सहनुपरेपछी बल्ल तिनको घैटोमा घाम लाग्यो र विस्तार विस्तानरै बैदेशिक लगानी खोज्ने मानसिकता विकसित हुन थाल्यो । त्यसमा पनि एउटा खास छिमेकीले मात्रै लगानी गरे हुन्यो‍ आएकि भन्नेत मानसिकता बोकेको दलहरुले कहिल्यै दलीय र बैचारीक सोचको परिधि भन्दा बाहिर आउन सकेनन् । देशले आफ्नो आवश्यलकता अनुसारको उर्जा निति बनाउन थालेको छ । झोलामा लाईसेन्स बोकेर हिडनेहरु बल्ले चुप लाग्न थालेका छन् ।

विकासको मामिलामा विरोध अथवा अवरोध गरेर हामीले आफ्नो खुट्टामा नै बन्चारो हान्नेव काम गरेका छौँ । जसरी अरब राष्ट्रहरु आफ्नो प्राकृतिक सम्पदा तेलको विक्री गरी धन कुबेर भएका छन् त्यसरी नै हामी पनि आफ्नो जलस्रोतको सदुपयोग गरेर आफ्नो देशलाई समृद्ध र सम्पनन् बनाउन सक्दिछौ । प्रारम्भिक सकेत उत्सोहबर्धक छन । नेपालले आफ्नो उर्जा नितिमा परिवर्तन ल्याएपछि सकारात्मिक परीणामहरु देखा परेका छन् र देश लाभान्वित पनि भईरहेको छ । जलस्रोतमा केवल विजुली मात्रै आउदैन यसमा सिचाई, खानेपानी र नदि नियन्त्रण जस्ता विषय पनि आउछन । किसानहरुले सिचाँईको समस्या भोगिरहेको अवस्था छ । किनकि सिचाईको अभावमा चाहेर पनि अपेक्षित अन्न उत्पादन गर्न सकिरहेका छैनन् । सरकारले नहरहरुको अभावमा वैकल्पिक सिचाँइको ब्यवस्थाका लागी अर्बौ रुपैया खर्च गरिरहेको छ जवकी हामी सित उपलब्ध जलस्रोतको सदुपयोगबाट सिचाई समस्याको सजिलै समाधान हुन सक्नेछ, बिजुलीको सदुपयोगबाट सिचाई झन–सस्तो पर्नेछ । अब त यातायातको क्षेत्रमा समेत बिजुली उल्लेखनिय भुमिकाको निर्वाह गरि रहेको छ । विजुली त अहिलेको युगको निम्ति प्राणवायु नै हो । नेपालले भारतमा बिजुली निर्यात गरेर आफ्नो आर्थिक अवस्थामा पनि सुधार ल्यानउने निश्चिहत छ ।

Comment


Related News

Latest News

Trending News