अपडेट 
२०७९ भाद्र २०, सोमबार १२:१४

नेपाली कांग्रेसले पर्सा क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि केन्द्रीय सदस्य रमेश रिजालको नाम सर्वसम्मत सिफारिस गरेको छ । क्षेत्रीय समितिको भेलाले रिजालको एकल नाम सिफारिस गरेको हो ।

०७४ सालको निर्वाचनमा रिजाल तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका लक्ष्मणलाल कर्णसँग पराजित भएका थिए । २० हजार ७३८ मत ल्याएर कर्ण प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा रिजालले १४ हजार ७०२ मत ल्याएर दोस्रो भएका थिए ।

रिजाल पर्सा क्षेत्र नं ४ बाट ०४८ सालदेखि नै प्रत्यक्ष निर्वाचन लडिरहेका छन् ।

Comment

Related News

Latest News

Trending News