
प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहलाई कांग्रेसले पार्टीबाट निलम्बन गरेको छ ।
स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै कांग्रेस सर्लाही जिल्ला अनुशासन समितिले प्रतिनिधिसभा सदस्य सिंहलाई कारबाही गरेको हो ।
सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेस जिल्ला सदस्य विकास ठाकुरले नेता सिंहलाई पार्टीबाट निलम्बन गरिएको जानकारी दिएका छन् ।
जिल्ला अनुशासन समितिले मधेश प्रदेश कार्यसमितिलाई गत असार ४ गते नै सिंहमाथि कारबाही गरिएको पत्र पठाएको पाइएको छ । कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले नेता सिंहलाई अनुशासनको कारबाही अन्तर्गत निलम्बन गरिएको बताएका छन् ।
Please subscribe our official youtube channel below and support us.