अपडेट 
२०७९ भाद्र २०, सोमबार १८:४१

सरकारले आज (सोमबार)देखि कर्मचारीको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ ।

निर्वाचन आयोगले गएको भदौ २ गते दिएको निर्देशनअनुसार सरकारले आजदेखि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो । आउँदो प्रदेश सभा र प्रतिनिधि सभा चुनाव प्रयोजनका लागि यी काम नगर्न आजभन्दा १८ दिनअघि अर्थात् गएको भदौ २ गते नै आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

उनले कुनै पनि ठाउँमा स्वीकृत दरबन्दी रिक्त रहेमा त्यसलाई पूर्ति गर्न सरकारले १८ दिनको समय दिएको पनि स्पष्ट पारेका हुन् । सहायक प्रवक्ता अर्यालले भन्नु भयो, ‘निर्वाचन आयोगले निर्वाचन तयारीको क्रममा नेपाल सरकार, प्रदेश सरकार र पालिकालाई विभिन्न खालको निर्वाचनसँग सम्बन्धित निर्देशनहरू दिँदै आएको छ । यसै सन्दर्भमा भदौ २ गते आयोगले सङ्घ, प्रदेश र पालिकाका कुनै पनि स्वीकृत दरबन्दीभित्र पद खाली छ भने त्यसलाई व्यवस्थापन गर्नका लागि भदौ २० गते (आज) सम्मको समय दिएको थियो ।’

निर्वाचन आयोगले यसअघि नै चुनाव प्रयोजनका लागि कर्मचारी व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै जिल्लामा कर्मचारी व्यवस्थापन कमिटी बनाएको छ । कर्मचारीलाई चुनाव प्रयोजनका लागि परिचालन गर्न सबै जिल्लामा कमिटी पनि व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता अर्यालले बताएका छन् ।

निर्वाचन आयोगले चुनावको मिति घोषणा भएदेखि नै सरकारलाई आचारसंहिता लाग्ने पनि स्पष्ट पारेको छ । आउँदो मङ्सिर ४ गते प्रदेश सभा र प्रतिनिधि सभा चुनाव हुँदैछ ।

Please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=WHox-hfu14Y

Comment


Related News

Latest News

Trending News