२०७९ भाद्र २१, मंगलवार ०६:५५

दिदी बहिनीलाई बेहोस बनाई बलात्कार गर्ने राजकुमार साह जिल्ला अदालत धनुषाबाट दोषी ठहर भएका छन् ।

सोमबार नारायण प्रसाद सुवेदीको एकल इजलासले कसुर ठहर भएको फैसला सुनाएको हो । क्षीरेश्वरनाथ नगरपालिका–५ का राजकुमार साहले ०७६ बैशाख १५ गते दिउसो एकै परिवारकी दिदी बहिनीलाई बेहोस बनाई बालात्कार गरेको थियो । बेहोस दुबै जनालाई बनाए पनि साहले जेठीलाई बलात्कार गरेको थियो । अदालतका श्रेस्तेदार विकास बस्नेतले कसुर ठहर भएको र भदौ २७ गते सजाय निर्धारणको पेशी राखिएको जानकारी दिए । जाहेरीवलाको तर्फबाट अधिवक्ता धर्मप्रसाद कोइराला, मोहना अन्सारी, राहुल झा, प्रदीप मिश्र, रेखा झा र आरती साहले बहस गरेका थिए । जाहेरीवलाको वकिलहरुले हद सम्म सजाय हुनुपर्ने दाबी गरेका छन् । प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता विनोद शर्मा, उमेश पञ्जियार, अञ्जु मण्डल र मनोज ठाकुरले बहस गरेका थिए ।

०७६ जेठ ८ मा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । साढे तीन वर्ष समय लागेर फैसला भएको यी मुद्दामा ३० वटा पेशी चढेको छ । राजनीतिक संरक्षणमा अभियुक्तले उन्मुक्ति पाइरहेका थिए भने आर्थिक चलखेलको आधारमा पेशी पनि पटक पटक स्थगित हुने गरेको थियो । घटनाको सुरुमा प्रहरीले मुद्दा दर्ता गर्नसमेत ढिलाइ गरेको थियो । पछि स्थानीयहरुले महेन्दनगरमा चक्का जामसहित नीजि विद्यालय बन्द आन्दोलन सुरु भएपछि यो मुद्दालाई सरकारी मुद्दाका रूपमा स्थापित गरिएको थियो । बालिकाको बुबा काठमाण्डुंमा कपाल काट्ने काम गर्छन् । मुद्दा फिर्ता लिन दबाब दिएपछि बालिकाहरु गाउँबाट विस्थापितसमेत भएकी थिइन ।

Please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=WHox-hfu14Y

Comment


Related News

Latest News

Trending News