अपडेट 
२०७९ भाद्र २१, मंगलवार ०७:०२

मैथिली साहित्यको बीज आठौँ शताब्दीको सिद्ध साहित्यमा पाइन्छ । बौद्ध धर्मको एउटा शाखा बज्रयानको उपशाखा सहजयानका प्रवत्र्तक र अनुयायी सिद्ध सन्तहरुले लेखेका अपभ्रशं साहित्यमा प्राचीन मैथिलीका शब्दावली र वाक्यहरु प्रयोग भएको पाइन्छ । तर मैथिलीलाई सुगठित साहित्यको रुपमा तत्कालीन समयमा समस्त उत्तर भारतमा चरमोत्कर्षमा पु¥याउने श्रेय ज्योतिरिश्वर ठाकुरलाई छ ।

ज्योतिरीश्वर ठाकुरको समय ईसाको चौधौं शताब्दीको प्रथमाद्र्ध हो । ज्योतिरीश्वर कर्णाटवंशी अन्तिम शासक हरिसिंह देव आश्रित राजकविथिए । कर्णाट राजा हरि सिंह देवले उनलाई कविशेखरको उपाधि प्रदान गरेकाथिए । कविशेखर ज्योतिरीश्वरको एउटा प्रसिद्ध रचनाधूत्र्त समागमको प्रस्तावनामा भनिए अनुसार उनको पितामहको नाम रामेश्वर ठाकुर र पिताको नाम धीरेश्व ठाकुर भएको बुझिन्छ । ज्योतिरीश्वर संस्कृत, प्राकृत, अवहट्ट र मैथिलीका निष्णात विद्वान थिए । उनका मुख्यतः तीनवटा पुस्तकार रचनाहरु पाइएका छन — धूत्र्त समागम, वर्णरत्नाकर र पञ्चशायक । तत्कालीन समयको विश्वकोश (इन्साइक्लोपिडिया) को श्रेणीमा राख्न सकिने वर्णरत्नाकर मिथिला मात्र होइन, समस्त दक्षिण एसिया मै पहिलो गद्यग्रन्थ मानिन्छ । त्यसरी नै धूत्र्त समागम नेपाल र समस्त उत्तर भारतमा संस्कृत इतर पहिलो नाटक मानिन्छ । स्वयं कविशेखर ज्योतिरीश्वरले धूत्र्तसमागमलाई प्रहसन भनेका छन् । पञ्चशायक श्रृङ्गार सम्बन्धी रचना हो । यताका वर्षहरुमा वर्ण रत्नाकर बढी चर्चामा देखिए पनि यसको खोजी धेरै पछि भएको हो । ज्योतिरीश्वरका कृतिहरुमा धूत्र्तसमागम सबै भन्दा बढी लोकप्रिय रहेको बुझिन्छ । धूत्र्तसमागमका कैयौँ संस्करणहरु उन्नाइसौँ शताब्दीको प्रारम्भ देखी नै भारत र अन्य देशहरुमा प्रकाशित भएको पाइन्छ । विदेशबाट प्रकाशित केही संस्करणहरुबाट ज्योतिरीश्वरलाई पन्द्रौँ–सौह्रौँ शताब्दीमा विजय नगरको राजा नरसिंह देवले आश्रय दिएको अर्थ लाग्थ्यो । त्यसैले उनको समयबारे विवाद थियो । तर पण्डित हरप्रसाद शास्त्रीले नेपालको दरबार पुस्तकालय (हाल राष्ट्रिय पुस्तकालय) मा सुरक्षित प्रतिमा हरसिंह देव उल्लेख भएको आधारमा यस विवादको निरुपण गरे ।

यसै आधारमा ज्योतिरीश्वरको आश्रयदाता कर्णाटवंशी राजा हरि सिंह देव र उनको समय चौधौँ शताब्दी रहेको स्थापित भयो । हालको बारा जिल्लामा पर्ने सिम्रोनगढलाई राजधानी बनाएर शासन गरिरहेका कर्णाटवंशी राजा हरिसिंह देवको मृत्यु बारे इतिहासकारहरुमा सामान्य विवाद पाइन्छ । इतिहासकार सी बेन्डाल हरि सिंहदेवको मृत्यु सन् १३२४ मान्छन् भने नेपाली इतिहासकार ज्ञानमणि नेपाल सन् १३२५ (विं.स.१३८२ माघ सुदी ३) मान्छन् । पण्डित शास्त्री इतिहासकार बेन्डालसंग सहमति राख्छन् । ज्योतिरीश्वरका प्राप्त तीनवटा रचनाहरुमा वर्णरत्नाकर शिल्प र प्रस्तुतिको दृष्टिले बढी प्रोढ गद्यग्रन्थ देखिन्छ । यसले विम्बात्मक र प्रतीकात्मक रुपमा तत्कालीन मिथिला (तिरहुत राज्य) को सामाजिक जीवन, राजनीति, जातिहरु, साँस्कृतिक तथा धार्मिकता, ऋतु, विलासीखानपान, गीत, संगीत, वाद्यवादन र आमजीवनबारे जानकारी प्राप्त हुन्छ । यस पुस्तकमा जसरी समाज, राजनीति, आमजीवन र राजपुरुष र अभिजात्यीय जीवन संग सम्बन्धित विम्ब, प्रतीक र अलङकारहरुको प्रयोग गरिएको छ, त्यस दृष्टिले यस पुस्तकलाई बिम्ब र प्रतीकको अनुपमकोश भन्नु अनुपयुक्त हुँदैन । वर्णरत्नाकरको यसै अनुपम वर्णन शैलीको कारण केही विद्वानहरुले यस पुस्तकको नाम वर्णनरत्नाकर रहेको भन्ने धारणा पनि राखेका थिए । यद्यपि यो वर्णरत्नाकर नै हो । ज्योतिरीश्वरले यसलाई यस्तै भनेका छन् । सातवटा कल्लोल (अध्याय) मा विभाजित यस पुस्तकको अनुपम् वर्णन शैलीको एउटा उदाहरण हेरौँ — “अन्धकार वर्णना – पाताल अइसनदुः प्रवेश, स्त्रीकचरित्र अइसनदुर्लक्ष्य, कालिन्दीककल्लोल अइसनमांसल, काजरक पव्र्वत अइसननिविल। पापक सहोदर अइसन शरीर, आतंककनगर अइसनभयानक, कुमन्त्र अइसननिफल, अज्ञान अइसन सम्मोहक, मन अइसन सव्र्वतोगामी, अहंकार अइसनउन्नत, परद्रोह अइसनअभव्य, पापअइसनमलिन, एवम्बिधअतिव्यापक, दुःसञ्चर दृष्टिबन्धक, भयानक, गम्भीर, शुचिभेद, अन्धकार देषु ।” “चन्द्रमा वर्णना–निशानाइकाकशंखवलयअइसन, आकाशदीक्षितक कमण्डल अइसन, चन्द्रकान्त प्रभा अइसन, तारकाक सार्थवाहअइसन, श्रंगार समुद्रककल्लोल अइसन, कुमुदवनक प्राण अइसन, लोक लोचनक रसायन, एवम्बिधचन्द्र उदितभउअह ।” वर्णरत्नाकरको शुरुको केही पृष्ठ अप्राप्य छ र अन्तिमअंश पढदा लाग्छ ज्योतिरीश्वर यसको आठौँ कल्लोल लेख्न चाहन्थे, जो उनि लेख्न सकेनन् । हरि सिंह देवको राज्य नष्टको कारणले यो हुनसक्छ ।

वर्णरत्नाकरमा चौरासी सिद्धहरु मध्ये ७२ वटा नाम उल्लेख गरिएको छ । यद्यपि ८४ सिद्ध नै भनिएको छ । त्यसरी नै यस्मा लोरिक नाचको चर्चा पनि पाइन्छ । यस्मा उल्लेखित कयौँ राग रागिनी, बाद्यवादन र लोकगीत अहिले परिचित छन् भने कयौँ अहिले अपरिचित छन् । कविशेखर ज्योतिरीश्वरको अर्को र लोकप्रिय कृतिधूत्र्तसमागम हो । उनले यसलाई प्रहसन भनेकाछन् । प्रहसनले हास्य उत्पन्न गर्छ । तर जुन स्थितिमा हास्य उत्पन्न हुन्छ, त्यस स्थितिमा रहेको पात्रलाई उसको तर्फबाट हेरियो भने करुणाको भाव उत्पन्न हुन्छ । जस्तै जब हामी दुई वटा श्रीमतिको बीच फँसेको पतिलाई हेर्छौ अनिदर्शकमा हास्य उत्पन्न हुन्छ, तर त्यस परिस्थितिको कारण विवशपतिको निम्ती यो अत्यन्त करुण स्थिति हो । धूत्र्तसमागममा ज्योतिरीश्वरले प्रत्यक्षतः भरपूर हास्य सृजना गरेका छन । तर आमजनलाई भोग मात्रको साधन बुझ्ने र अनाचार, अनैतिकता र आकण्ठ पाखण्डमा डुबेको तत्कालीन यसमा वर्णित शासनतन्त्र, अभिजात्यवर्ग, साधु, शासक र धनिक समुदायको परिवेशको वर्णन यस पुस्तकमा गरिएको छ, त्यसले विवेकशील पाठकका मनभित्र एक खालको क्षोभ, आक्रोश, त्रासद् र करुणा भाव उत्पन्न गराउँछ । यस दृष्टिले धूत्र्तसमागमहास्य र प्रहसन भन्दा पनि एउटा उत्कृष्ट व्यङग्यकृतिको दर्जामादरिन पुग्छ । जतिबेला ईश्वरभक्ति, भोग (श्रृङगार) र शासक प्रतिको चाकरीभाव साहित्यको मूल प्रवृत्ति थियो, त्यतिबेला सामाजिक र शासकीय पाखण्डलाई निर्मम रुपमा नग्न गरिनुले चकित पार्छ । यस्ले कविशेखर ज्योतिरीश्वरको व्यङग्य चेतना र व्यक्तित्वबाट पनि परिचित गराउँछ । तत्कालीन समयमा एकातिर बौद्ध धर्म करुणा, दःख र एकान्तिकता भन्दा भिन्न बज्रयान र सहजयानको महासुखवादको दार्शनिक देहवादमा विकृति आईसकेको थियो ।

शैव र वैष्णवीका विविध धाराहरु विकसित भएर वर्चस्व र भोगको लालसामा एक आपसमा मारामार गरिरहेका थिए । बौद्ध भिक्षु होस वा वैदिक सन्यासी दुबैमा दार्शनिकता र बौद्धिकता भन्दा पनि निम्नकोटिको अनाचरणहरु बढदै गैरहेको थियो । कपट, लम्पटपना, पाखण्ड, भ्रष्टाचार,, विलासितामा शासक, अभिजात्य वर्ग तथा धर्माचार्यहरु नाकमुख डुब्ने गरी डुबेका थिए । धूत्र्तसमागम यस्तै समय र परिवेशको अभिव्यक्ति हो । धूत्र्तसमागममा परिवेश एउटी रुपवती गणिका (वेश्या) को वरिपरी घुम्छ, जस्लाई फकाउनलाई नगरमा भिक्षाटन गर्न आएका विश्वगर नामक सन्यासी, उसको शिष्य स्नातक, कन्जूस धनाढ्य मृत्ताङगार, पञ्चैती गर्न आएका सज्जातिमिश्र, द्युतव्यसनी (जुआडी) र ठग विदुषक बन्धुवञ्चक सबै आफ्ना किसिमले प्रयत्नशील छन् । सबै एक अर्कालाई किनारा लगाएर र आफूलाई पौरुष युक्त भन्दै गणिका अनङ्गसेनालाई आफूलाई आकर्षित गर्न खोजी रहेको हुन्छ । यसै प्रतिस्पर्धामा एका तिर समाजको नग्नचित्र प्रस्तुतभैरहन्छ भने अर्को तर्फ हास्य उत्पन्न हुन्छ । नाटकको अन्तमा विदुषक बन्धुवञ्चक अनङ्गसेनालाई छेउमा लगेर फकाउने प्रयत्नगर्दै भन्छ ः “विश्वनगर निर्धन छ, उसको शिष्य स्नातक व्यभिचारी छ र असज्जाति मिश्र बुढो भैसकेको छ । त्यसैले उनिहरुलाई छाडेर मसंग तिमीले समागम ग¥यौ भने मात्र तिम्रो यौवन सफल हुनेछ ।” प्रत्युत्तरमा अनङ्गसेनाले मुस्काउँदै भन्छे –“यी धूत्र्तहरु किन जम्मा भएका छन् भन्ने अव प्रष्ट भयो ।” (एततधूत्र्तसमागम प्रहसन संमवृत्तम्) ! र त्यति बेला नै सन्यासीविरक्त भावमा गाउन थाल्छ :

“अरे रे सनातक १ तोरिहि कुमान्ति ।
अनंगसेना हरिलेल असजाति ।।
कतएविचार कराओल आनि ।
जन्हिकचरित मूलनाशकजाति ।।
हेरितहि हरि धन लय गेल चोर ।
हाथक रतन हरायलमोर ।।
कके होएबह ९खिन० अनुरागे ।
जोँककआंङ्गजोक न लागे ।।
कविशेषर जोतिकएहु गाव ।
राए हरसिंह बुझए रस भाव ।।”

समाजको कतिनिर्मम र नग्न अनावरण हो यो । समाजका सबै प्रतिष्ठित र अगुआहरु त्यहाँ उपस्थिति छन् । तर देहव्यापार गर्ने एउटी गणिकाको माध्यमबाट ज्योतिरिश्वरले सत्यको उद्घाटन गराउँछन् : एतत् धूत्र्तसमागमप्रहसनं संमवृत्तम् । सामाजिक परिवेशको पतनोन्मुखताप्रतिको यो उच्चतम् व्यङग्य दृष्टिले ज्योतिरीश्वरको साहित्यिक सामथ्र्यबाट परिचित गराउँछ । केही बेरको निम्ती इतिहास र तत्कालीनतालाई बिर्सिदिने हो भने धूत्र्तसमागम अहिले पनि समकालिन स्वर लिएको देखिन्छ । हामी यस्तै नक्कली संसारमा त बाँची रहेका छौँ । राजनीति, धर्म, न्याय, दर्शन, बौद्धिकता सबैको उद्देश्य आर्थिक समृद्धि र भोगको लालसा र यस्को निम्ती चाकरी प्रवृत्तिमा प्रवृत्त छ । यस्तो लाग्छ हामी धूत्तसमागममा छौँ । धूत्र्तसमागमको भाषा कसै कसैलाई अश्लील लाग्न सक्छ । तर त्यसलाई तत्कालीन सामाजिकताको परिवेशमा हेर्दा स्वाभाविक लाग्छ । हुन त अहिलेपनि लोक नाट्यको मञ्चमा बोलिने बोलीर शैलीलग भाग त्यस्तै छ । समग्रमाधूत्र्तसमागम र वर्णरत्नाकर नेपाल, उत्तरभारत तथा सम्भवतः दक्षिण एसियामा संस्कृत बाहेक कानव आर्य भाषाहरुमा सबै भन्दा पुराना ग्रन्थ हो ।

Comment

Related News

Latest News

Trending News