अपडेट 
२०७९ भाद्र २१, मंगलवार १२:४९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारसम्ममा गठबन्धनभित्र सिट बाँडफाँट टुंगो लाग्ने दावी गर्नुभएको छ ।

मंगलबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले सिट संख्या, क्षेत्र र प्रदेश एकै चोटी टुंग्याउने गरि कार्यदलमा छलफल भइरहेको भन्दै बुधबारसम्म सवै टुङ्गो लाग्ने बताउनुभयो । गठबन्धनमा कांग्रेसले ८०, माओवादीले ६० र नेकपा एकीकृत समाजवादी र जसपाले २५–२५ सिटमा दावी गरिरहेको भन्दै त्यसको वरिपरि सहमति जुट्ने उहाले बताउनुभयो । त्यस्तै प्रचण्डले आगामी निर्वाचनको मनोनयन दर्तापछि वर्तमान संसद् नरहेमा स्पष्ट रहेको बताउनुभयो । संसदको आयु लम्ब्याउन तिर जान नहुने बिषयमा गठबन्धनमा सहमति जुटिसकेको उहाको भनाई छ ।

प्रचण्डले संसदको आयुका बिषयमा कन्फ्युजन भएकाले प्राविधिक कारणले दलका प्रमुख सचेतकहरुले संसदको आयु लम्ब्याउनेबारे सोचेको जिकिर गर्नुभयो । उहाले गठबन्धन निर्वाचनपछि पनि निरन्तर रुपमा अघि बढ्ने समेत बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News