गृहमन्त्री बालकृष्ण खाणले ५० प्रतिशत कैद भुक्तान गरिसकेका र आचरण, व्यवहार सुधारेका कैदीको कैद मिनाहा गर्ने पक्षमा सरकार रहेको बताएका छन् । कारागार विधेयक २०७६ को राष्ट्रियसभामा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री खाणले यस्तो बताएका हुन् ।
बैठकमा विधेयकमाथि छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खाणले कारागारमा संरचनाले धान्नेभन्दा बढी बन्दी रहेको र आचरण सुधारेकालाई बाहिर निकाल्न पाए कारागारमा सहजता हुने बताए।
उक्त व्यवस्था रहेको कारागार विधेयक, २०७९ मंगलबार बसेको राष्ट्रियसभा बैठकले पारित गरेको छ । यो विधेयकलाई प्रतिनिधिसभाले यसअघि नै पारित गरिसकेको छ।
जन्मकैदको सजाय, तेजाब आक्रमण, जबर्जस्तीकरणी, मानव बेचबिखन, भ्रष्टाचार, अपहरण, लागु औषधको ओसार पसार, सम्पत्ति शुद्धीकरण, संगठित अपराध लगायतका २० वटा भन्दा बढी प्रकारको मुद्दामा भने कैद मिनाहा गर्न नमिल्ने मन्त्री खाणले बताए।
‘आचरण र व्यवहार सुधारेका बन्दीहरुलाई ५० प्रतिशत उनीहरुले कैद भुक्तान गरिसकेपछि उनीहरुलाई कैद मिनाहा गर्ने अवसर मिलोस् नै भन्नेमा हामीहरु छौं।’ मन्त्री खाणले भने ।
Please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=WHox-hfu14Y