अपडेट 
२०७९ भाद्र २२, बुधबार ०७:००

रौतहट जिल्लाको सीमावर्ती क्षेत्रमा खुलेयाम रुपमा रक्सी पसल सञ्चालन रहे पनि स्थानीय प्रहरी प्रशासन मौन रहेका छन् ।

खुल्ला सिमाना भएको कारण अपराधिक घटना हुन सकिने उच्च जोखिम हँुदा हुँदै पनि दश गजा क्षेत्र नजिक र गौर भन्सार कार्यालयको मुख्य गेट नजिकै खुल्ला रुपमा रक्सी पसल सञ्चालन गरेर बिक्रि वितरण गरी रहँदा पनि प्रहरी कुनै चासो नदेखाई मुकदर्शकको रुपमा प्रस्तुत भइ रहेको देखिएको छ । भन्सार कार्यालयको मुख्य गेट पूर्व तर्फ दर्जनौ रक्सी पसल सञ्चालन रहेको छ । भारतको बिहार राज्यमा मदिरा बिक्रि वितरण उत्पादनमा रोक लगाएपछि रौतहटको सीमावर्ती क्षेत्र ब्रह्मपुरी , लक्ष्मीपुर बेलबीछबा , गौर , महादेवपट्टी , औरैया , बंजरहा , लटमारी ,मठियामा भारतीय सीमामा रक्सी पसल सञ्चालन गरी घरेलु तथा स्वदेशी मदिराहरु बिक्रि वितरण गरिरहेको पाइएको छ । भारतीय सीमा देखि ५०० मीटरको दूरीमा रक्सी पसल खोल्न , बिक्रि वितरण गर्न नपाउने भनी निर्देशन हुँदा हुँदै सो कार्यलाई स्थानीय प्रहरी प्रशासन र स्थानीय सरकारले कुनै वास्ता गरेको छैन ।

भारतको विहार राज्यमा रक्सीमा प्रतिबन्ध लागेकोले भारतीय नागरिकहरु रक्सी सेवन गर्न नेपालमा आउने गरेका छन् । खुल्ला सीमाको कारण जुनसुकै ठाउँबाट नेपाल भित्र प्रवेश गर्ने भारतीय नागरिकले आव्श्यकता भन्दा बढ़ी रक्सी सेवन गरी झगड़ा , मारपीट , लुटपाट गरेको कति पय घटना भएको छ । केही दिन देखि रौतहटको सीमावर्ती गाउँघरमा बच्चा चोरको सक्रियता बढेको देखिदा सीमा क्षेत्रमा सञ्चालन भएको रक्सी पसलहरु बन्द गराउनु पर्ने जरुरी भएको स्थानीयहरुको भनाइ रहेको छ ।

Please subscribe our official youtube channel below and support us.

Comment

Related News

Latest News

Trending News