अपडेट 
२०७९ भाद्र २२, बुधबार ०७:४४

जितपुरसिमरा उपमहानगरपालीका सिमरामा रहेको नेपाल राष्टिय माध्यामिक विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएको छ ।

विज्ञान संकायमा अघिल्लो बर्षको शतप्रतिशत नतिजाले विद्यार्थीको चाप दिनप्रतिदिन बढ्दै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा बस्नेतले जानकारी दिए । जिल्लामा ८ ओटा विद्यालयले विज्ञान संकाय पठनपाठनको सम्बन्धन लिएपनि प्रभावकारी ब्यवस्थापन हुन नसक्दा नतिजा राम्रो दिन नसकिरहेको अवस्थामा सिमरामा भने स्थापना देखि नै ९० प्रतिशत भन्दा बढी नतिजा ल्याउन सफल भएको बस्नेतले दाबी गरे । उनले आगामी योजनामा कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षाको सुरुवात गर्ने तयारीमा लागेको समेत बताए ।

हाल विज्ञान संकायमा कक्षा १२ मा ३५ विद्यार्थी सहित कक्षा १ देखि १२ सम्म करिब २ हजार बढी विद्यार्थी अध्ययनरत छन् । िज त प ु र िस म र ा उपमहानगरपालिका सिमरामा रहेको नेपाल राष्टिय माध्यामिक विद्यालय जिल्लाकै ४ ओटा संकाय संचालन गर्ने एकमात्र सामुदायिक विद्यालय हो । विज्ञान, वाणिज्य, शिक्षा र मानविकी गरी हाल ४ ओटा संकायमा पठनपाठन गराइरहेको विद्यालयमा विज्ञान संकायमा भने मध्य तराईमै नमुना विद्यालयका रुपमा पहिचान बनाएको छ ।

Comment


Related News

Latest News

Trending News