अपडेट 
२०७९ भाद्र २२, बुधबार १०:५६

साफ महिला च्याम्पियनशिप फुटबलमा नेपाल विजयी भएको छ ।

मंगलबार दशरथ रंगशालामा भएको उद्घाटन खेलमा भुटानलाई ४-० ले पराजित गर्दै नेपालले सुखद सुरुवात गरेको हो।

नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले समान २-२ गोल गरे। सावित्राले खेलको १२औं र ६८औं मिनेटमा गोल गर्दा अनिताले ५३औं र ८५औं मिनेटमा गोल गरे। पहिलो जितसँगै समूह ‘ए’ मा रहेको नेपालले ३ अङ्क जोडेको छ। नेपालले अब भदौ २७ गते सोमबार श्रीलङ्कासँग खेल्नेछ।

Comment


Related News

Latest News

Trending News