नेकपा माओवादी केन्द्र धनुषाले उम्मेदवार सिफारिसको टुङ्गो लगाएको छ । जिल्ला कमिटीको बैठकले धनुषाको सबै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभातर्फको उम्मेदवारको नाम सिफारिस गरेको छ ।
बैठकले शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवको नाम प्रदेश सभातर्फ सिफारिस गरेको छ । निर्वाचन क्षेत्र १ को ‘क’ बाट उनको नाम सिफारिस गरिएको हो । उनी समानुपातिक कोटामा सांसद बनी मन्त्री बनेकी छन् ।
मन्त्री यादवसहित जिल्ला अध्यक्ष देवेन्द्रकुमार यादव ‘दीपक’ र रोशन यादवको नाम सिफारिस गरिएको छ । यी क्षेत्रमा प्रतिनिधिसभा तर्फ भने मातृका यादवको एकल नाम सिफारिस भएको छ । मातृका यस अघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (ख) का लागि सरोज यादव, प्रदीप साह, गुलाव यादव, सूर्यनारायण मण्डल र वीरेन्द्र महतोको नाम केन्द्रीय समितिमा सिफारिस गरेको माओवादी केन्द्रका धनुषा जिल्ला संयोजक दीपक यादवले जानकारी दिए ।
उनका अनुसार निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभातर्फ योगकुमार बरबरिया ‘श्रवण’को एकल नाम सिफारिस गरिएको छ भने प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नम्बर २ (क) बाट देवचन्द्र यादव र रेखा मंडलको नाम सिफारिस भएको छ । निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट श्यामकुमार यादव, रामकिशोर पासवान, अनिल पासवान र वैद्यनाथ मण्डलको नाम सिफारिस गरिएको छ ।
त्यस्तै, धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि सौखीलाल पासवान र युगेश्वर यादवको नाम सिफारिस गरिएको छ भने प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट अनिल पासवान, चन्द्रशेखर साह तथा क्षेत्र नम्बर ३ (ख) बाट महेश यादवको नाम सिफारिस भएका छन् ।
निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका लागि देवसागर दासको एकल नाम सिफारिस गरिएको छ ।
धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभा सदस्यका लागि अशोककुमार यादव, नन्दकिशोर यादव, सुरेश यादव र सुरेश मण्डलको नाम सिफारिस गरिएको छ । धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभा सदस्यका लागि रामकुमार महतोको एकल नाम सिफारिस गरिएको संयोजक दीपक यादवले बताए ।
Please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=WHox-hfu14Y