
स्थानीयबासिन्दाले बच्चा चोर्न खोजेको भन्दै होहल्ला गरेपछि प्रहरीले तीन जना भारतीय महिलालाई पक्राउ गरेको छ ।
वीरगञ्जको छपकैयाबाट बिहारको नरकटियागञ्ज घर भई रक्सौलको ईस्लामपुर बस्ने ५० वर्षीया शैली खातुन, ४५ वर्षीया छतोती खातुन र ५३ वर्षीया मैरुन नेसालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक नविन गिरीले उनीहरुको सुरक्षाका लागि र थप अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिए ।
पत्थर, जन्तर र औंठी बेच्दै हिँडेका उनीहरुले बच्चा चोर्न खोजेको भन्ने जानकारी छपकैयाका बासिन्दाले दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई कारबाही गर्नुपर्ने माग राखेर स्थानीयले प्रहरी चौकी छपकैया घेराउ समेत गरेका थिए । पक्राउ परेका तीनै जना महिलालाई थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय विर्तामा राखिएको छ ।
Please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=WHox-hfu14Y