अपडेट 
२०७९ भाद्र २२, बुधबार १६:२३

राष्ट्रिय सभाका चार वटा विषयगत समितिका सभापति निर्विरोध हुने पक्का भएको छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रिय सभाका चार वटा विषयगत समिति सभापतिको चुनावका लागि चार जनाको मनोनयन दर्ता भएको जानकारी दिनुभयो । हरेक समितिमा एक/एक जनाको मात्रै उम्मेदवारी परेकाले सबै निर्विरोध हुने पक्का छ ।

जसअनुसार दिगो विकास तथा सुशासन समिति सभापतिमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले मनोनयन दर्ता गराउनुभएको छ । त्यस्तै विधायन व्यवस्थापन समिति सभापतिका लागि वेदुराम भुसालले मनोनयन दर्ता गर्नुभएको छ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा मायाप्रसाद शर्माको मनोनयन परेको छ । त्यस्तैगरी राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिलकुमारी रावल थापा पार्वतीको मनोनयन दर्ता भएको छ ।

चार वटै विषयगत समितिको सभापतिहरूको चुनाव भोलि बिहीवार हुने कार्यतालिका तय भए पनि निर्विरोध उम्मेदवारी परेकाले भोलि १ बजेपछि औपचारिकरूपमा घोषणा गरिने राष्ट्रिय सभाका सचिव फुयाँलले जानकारी दिनुभयो ।

Comment

Related News

Latest News

Trending News