अपडेट 
२०७९ भाद्र २२, बुधबार १७:५८

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आगामी निर्वाचनमा महिलालाई उचित अवसर दिईने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा नेपाल महिला संघको प्रशिक्षण उद्घाटन गर्दै देउवाले निर्वाचनको प्रत्यक्षतर्फ कांग्रेसले धेरै भन्दा धेरै महिला प्रतिनिधिलाई उम्मेदवार बनाउने बताउनुभएको हो । उहाले समानुपातीक सूचीमा राख्नुपर्ने अधिकतम दवाव आइरहेका बेला प्रत्यक्षमा नै चूनाव लड्न महिला नेतृहरु इच्छुक हुनु सकारात्मक कुरा रहेको बताउनुभयो । देउवाले अहिले निर्वाचनमा हारहितको फैसला गर्ने सम्पूर्ण अधिकार जनतामा रहेकाले जनतामाझ गएर आफ्नो बिचार प्रवाह गर्न सुझाव पनि दिनुभयो । अहिले कांग्रेस मात्रै प्रजातन्त्रवादी पार्टी भएको भन्दै देउवाले प्रजातन्त्रलाई कमजोर हुन नदिन एकजुट र बलियो भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै कांग्रेस नेता प्रकाशमान सिंहले सूचना र प्रविधिलाई उच्चतम प्रयोग गर्दै आवश्यकता अनुसार चूनावी प्रचार प्रसारमा जुट्न आग्रह गर्नुभयो । उहाले आफै सक्षम भए कसैले अघि बढ्न रोक्न नसक्ने धारणा राख्नुभयो ।

कार्यक्रममा कांग्रेसका महिला नेतृहरुले आगामी निर्वाचनमा समान सहभागीताको सुनिश्चित गर्न नेतृत्वसमक्ष आग्रह गरेका थिए ।

Comment


Related News