अपडेट 
२०७९ भाद्र २३, बिहीबार ०६:४६

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सय भन्दा कम सिट पाए पार्टीभित्र बिद्रोह हुन सक्ने शंका व्यक्त गरेका छन् ।

बुधबार जनकपुरधाम विमान स्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अगामी निर्वाचनको लागि प्रतिनिधिसभा तर्फ १६५ मध्ये एक सय सिट पाउनु पर्ने उनले दावी गरे । कांग्रेसको अवस्था गत निर्वाचन भन्दा उत्कृष्ट रहेको भन्दै उनले स्थानीय तहको निर्वाचनले समेत मुलुक कांग्रेस मय रहेको बताए । ‘सय सिटमा पनि कांग्रेसभित्र व्यवस्थापन गर्न गाह्रो छ । त्योभन्दा कम पाए स्थिति भयावह हुन्छ,’उनले भने,‘ कांग्रेसभित्र बिद्रोह हुन सक्छ । बिद्रोह भए गठबन्धनको औचित्य समाप्त हुन्छ ।’ तर, गठबन्धनमा सभापति शेरवहादुर देउवाले ८६ सिट सम्म सहमति गर्ने मनस्थिति बनाई सकेका छन् । गठबन्धनले घाटा हुने भए पनि प्रतिगमन शक्तिलाई परास्त गर्न तयार रहेको उनले बताए । गठबन्धन भए कांग्रेसले समानुपातिक मत कम पाउने उल्लेख गर्दै आगामी सरकारको नेतृत्वको अवसर पनि गुम्ने उनको तर्क थियो । कांग्रेसले एक सय सिट पाए ७० सिट जित्ने उनको दावी छ ।

‘गठबन्धन भित्र सहमती हुन अझै केही समय लाग्न सक्छ,’उनले भने,‘एक÷दुई दिन भित्र प्रतिनिधिसभा तर्फको टुङ्गो लाग्छ ।’ धनुषाको औरहीमा आयोजित कार्यक्रममा सहभागी हुन आएका नेता कोइरालाले कांग्रेसीहरुले अरु पार्टीलाई मतदान गर्न इच्छुक नरहेको भन्दै गठबन्धनका अन्य दललाई मतदान कसरी गर्छ त्यस तिर केन्द्रीय नेताहरुलाई ध्यानाकर्षण गराएका थिए ।

Comment


Related News

Latest News

Trending News