२०७९ भाद्र २३, बिहीबार ०७:११

१९ औं निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी सर्लाहीमा पनि मनाएको छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन ःविकास, समृद्धि र सुशासन’ भन्ने मुल नाराका साथ यस वर्षको निजामती सेवा दिवस मनाएको छ ।

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको छ । दिवसको अवसरमा वुधवार बिहान सर्लाहीको सदरमुकाम मलंगवामा प्रभात फेरि सहित जिल्ला समन्वय समितिको परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । कर्मचारी मिलन केन्द्र सर्लाही र नेपाल निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सर्लाहीको आयोजनामा युनियनका अध्यक्ष उमेश मिश्रको सभापतित्व, केन्द्रका अध्यक्ष राम दरेश रायको विशेष सकृयता र सहयोग तथा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको प्रमुख आतिथ्यमा १९ औं निजामती सेवा दिवस मनाएको छ । दिवसको अवसरमा यसै वर्ष सेवा निवृत भएका ७ जना कर्मचारीहरुलाई कदर पत्र सहित सोही कार्यक्रममा सम्मान समेत गरिएको थियो । सम्मानित हुने ७ जना कर्मचारीहरुमा चक्रघटटा गाउपालिकाका लेखापाल शिवशंकर प्रसाद कुशवाहा, चन्द्रनगर गाउँपालिकाका पूर्व प्रशासकीय अधिकृत हरिकान्त लाल कर्ण, जिल्ला अदालतका पुण्यदेव मण्डल, चक्रघट्टा गाउँपालिकाका राजेश्वर प्रसाद साह, लालबाबु प्रसाद साह, बिरेन्द्र झा र किशोरी राय यादव रहेका छन्।

सम्मानित सबै सेवानिवृत कर्मचारीहरुलाई नेपाल निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सर्लाहीका अध्यक्ष उमेश मिश्र र प्रमुख जिल्ला अधिकारी गौतमले सामुहिक रुपमा पूmलमाला अबिर लगाई कदर–पत्रबाट सम्मानित गरेका थिए । कर्मचारी मिलन केन्द्र सर्लाहीका सचिव सुनिल कुमार कुशवाहाले दिवसको अवसरमा शुभकामना तथा स्वागत मन्तव्य व्यक्त गरेका थिए । उनले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै राष्ट्रसेवक निजामती कर्मचारीलाई अझ बढी समर्पण भावका साथ देश र जनताको सेवामा काम गर्ने हौसला दिवसले दिएका थिए । समारोहमा निजामती सेवाका उत्कृष्ट कर्मचारीहरुलाई सम्मान यस वर्ष प्राविधिक कठिनाईले गर्न नसकिएको नेपाल निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सर्लाहीका अध्यक्ष उमेश मिश्रले बताए । यस वर्ष कर्मचारीको छनोट गर्न भने सकेन । तर अर्को वर्ष उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गर्ने ट्रेड युनियन सर्लाहीका अध्यक्ष उमेश मिश्रले प्रतिबद्धता व्यक्त गरे । दिवसको अवसरमा बुधवार साँझ सबै सरकारी कार्यालयहरुमा दिपावली गरिएको छ भने प्रादेशिक अस्पतालका बिरामीहरुलाई फलपूmल बितरण लगायतका कार्यक्रम प्रत्येक वर्ष झै यस बर्ष पनि गरिएको छ । यस अवसरमा प्रमुख जिल्ला अधिकारी गौतमले सेवाग्राहीको करबाट तलब भत्ता बुझने सबै कर्मचारीले सेवाग्राहीलाई मुस्कान सहितको सेवा दिन आग्रह गरे । सरकारले कर्मचारीहरुलाई सबै सेवा दिएपनि राष्ट्रभक्त कर्मचारीहरु प्रति समाजमा स्थापित हुदै गएको नकारात्मक सोचलाई कर्मचारीहरुले सबल र सार्थक सेवा दिएर जनताको नुनको कर्ज चुकाउनु पर्ने बेला भएको उनले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै कर्मचारी मिलन केन्द्र सर्लाहीका अध्यक्ष राम दरेश रायले सम्पूर्ण कर्मचारीहरुको छाता संगठनको रुपमा रहेको यस केन्द्रले राष्ट्र सेवक कर्मचारीहरुको हकहितको लागि काम गर्ने साथै सेवा लिन आउने सेवाग्राहीहरुलाई मुस्कान सहितको सेवा प्रदान गर्ने बताए ।

आधिकारिक ट्रेड युनियन सर्लाहीका अध्यक्ष मिश्रले कुनैपनि कर्मचारीलाई बिना कारण गालीबेईज्ती गर्ने व्यक्तिलाई कानूनी कारवाही हुनुपर्नेमा जोड दिए ।

Comment


Related News

Latest News

Trending News