अपडेट 
२०७९ भाद्र २३, बिहीबार ०८:०३

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले धनुषामा सबै सिटका उम्मेदवार सिफारिस टुङ्गो लगाएको छ ।

बुधबार प्रतिनिधि सभा, प्रदेशसभा र समानुपातिकतर्फको उम्मेदवार सिफारिस गरी जिल्ला कमिटीमा पठाएको हो । धनुषामा कमजोर देखिएको लोसपाले बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा पराजित नेतालाई संघ र प्रदेशमा एकल सिफारिस गरेको छ । पार्टीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको रुपमा धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट रामबाबु यादवको नाम एकल सिफारिस गरेको छ । यादव बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गणेशमान चारनाथ नगरपालिकामा पराजित भएका थिए । उनी ०७४ को स्थानीय निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीबाट निर्वाचित थिए । तर यस पटक जसपाले उनलाई टिकट नदिँदा अन्तिम समयमा लोसपामा प्रवेश गरी मेयर पदका उम्मेदवार बनेका थिए । सो निर्वाचनमा उनले एक हजार तीन सय २३ मत मात्रै प्राप्त गरे । यस्तै, पार्टीले मेयरमा पराजित अर्का उम्मेदवार रामज्ञान मण्डलको पनि एकल नाम सिफारिस गरेको छ । मण्डललाई सोही निर्वाचन क्षेत्रको ‘ख’ को लागि प्रदेशसभा उमेदवारको रुपमा नाम सिफारिस गरेको छ । उनी गएको स्थानीय निर्वाचनमा हँसपुर नगरपालिकामा पराजित भएका थिए । उनले ०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट निर्वाचित भएका थिए । तर यस पटक दुई हजार आठ सय १५ मत मात्रै पाउन सके ।

निर्वाचन क्षेत्र १ को (क) का लागि संजयकुमार सिंहको नाम एकल सिफारिस भएको लोसपा धनुषा जिल्ला अध्यक्ष परमेश्वर साहले जानकारी दिए । उनका अनुसार निर्वाचन क्षेत्र नम्बर २ का लागि प्रतिनिधिसभातर्फ प्रत्यक्षमा उमाशंकर अरगरियाको नाम एकल सिफारिस भएको छ । निर्वाचन क्षेत्र २ को (क) मा सुनिल कुमार यादव, संजय कुमार साह, रामकुमार भिनवार, सरोज कुमार महरान र संजय कुमार यादवसहित ५ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर २ को (ख) मा प्रत्यक्षतर्फ रामेश्वर यादव, चन्द्रनारायण मण्डल, नरेश कुमार मण्डल, दीपेन्द्र कुमार मिश्र र महाशंकर ठाकुर र समानुपातिकतर्फ बनारसी देवी यादव, रीता देवी ठाकुर, हबिब मंसुरी, नवल कुमार दास, बेचनी देवी पण्डित, रेखा साह, ललीता देवी मण्डल, रुक्मीनी मण्डल, ईस्माइल कवारीसहित ९ जनाको नाम सिफारिस भएको छ । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको नाम एकल सिफारिस भएको छ । सोही निर्वाचन क्षेत्रको (क) मा प्रत्यक्षतर्फ कविन्द्रनाथ ठाकुर, श्याम कुमार मिश्र, रोहित कुमार चौधरी, शिवशंकर राउत र उर्मिला मण्डलसहित ५ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर–३ को (ख) मा प्रत्यक्षतर्फ परमेश्वर साह, कामेश्वर झा, संजय कुमार चौधरी र दिपक कुमार झासहित ४ जनाको नाम सिफारिस भएको छ ।

यस्तै, निर्वाचन क्षेत्र नम्बर ४ मा प्रत्यक्ष तर्फ उमाकान्त झा, लक्ष्मण यादव र धिरेन्द्र मिश्रको नाम सिफारिस भएको छ । सोही निर्वाचन क्षेत्रको (क) का लागि नरेश यादव, मो. अकवर नदाफ र उपेन्द्र कुमार साहको नाम सिफारिस भएको छ । प्रदेशसभामा क्षेत्र नम्बर ४ को (ख) का लागि प्रत्यक्षतर्फ अजय कुमार राउत, विजय सिंह, विन्दीलाल महतो र प्रदिप सिंहको नाम सिफारिस भएको छ । धनुषामा निर्वाचन क्षेत्र ४ बाहेकका क्षेत्रमा प्रतिनिधिसभा तर्फ एकल नाम सिफारिस भएका छन् । तर प्रदेश र प्रतिनिधिसभा तर्फ ठुलो संख्यमा समानुपातिक तर्फ नाम सिफारिस भएको छ ।

Please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=WHox-hfu14Y

Comment


Related News

Latest News

Trending News