अपडेट 
२०७९ भाद्र २३, बिहीबार १६:२१

नेपाली कांग्रेसका नेता सुरेश प्रसाद यादव भ्रष्टाचार मुक्त अभियान शुरु गरेको छ ।

नेपाली कांग्रेस मधेश प्रदेश समिति सदस्यसमेत रहेका यादवले महोत्तरीबाट अभियान शुभारम्भ गरेको हो । नेता यादवले स्थानीय जनप्रतिनिधि, कर्मचारी, प्रहरी र विद्यालयका विद्यार्थी, शिक्षक समक्ष पुगेर भ्रष्टाचार नगर्न आग्रह गर्दै सो सम्बन्धि ‘स्लोगन’ भएको मायाको चिनोसमेत दिने गरेका छन् । उनले ‘सम्पूर्ण जनप्रतिनिधिको प्रतिबद्धता, भ्रष्टाचार मुक्त समाजको निर्माण’ नारा दिएर नेपालको चुचे नक्सा र झाण्डासहितको मायाको चिनो हरेक कार्यालयमा दिई अभियान शुभारम्भ गरेका छन् । हाल सम्म भंगहा र बर्दिबास नगरपालिकाको चार वटा वडामा पुगेर अभियान गर्नुको साथै सहज रुपमा जनताको काम गर्न र भ्रष्टाचार नगर्न÷गराउन सरोकार बलासँग प्रतिबद्धतासमेत गराउने गरेको नेता यादवले बताए । बर्दिबास वडा नम्बर ४ का वडाध्यक्ष एकल कुमार पाख्रिन, वडा नम्बर १२ का राम किसोर साह, भंगहा नगरपालिका ३ का जितेन्द्रकुमार सिंह, वडा नम्बर ४ का वडाध्यक्ष गणेश प्रसाद महतोलाई मायाको चिनो दिएर सम्मान गरेको उनले बताए । उनले जनप्रतिनिधि र कर्मचारीबीच सम्बन्ध सुमधुर हुनुपर्ने भन्दै सँधै जनताको हितमा काम गर्न सुझाए । ‘जनताको ताली खाने व्यक्तिलाई कुनै बेला गाली पनि खानु पर्छ,’उनले भने,‘तर जनप्रतिनिधिलाई मन दुखाउनु हुँदैनन् । सदैव मिठो मुस्कानसहित जनतालाई छिटो र सहज सेवा दिनु पर्छ ।’ अभियानको क्रममा नेता यादव बुधबार प्रहरी चौकी सितापुरका सहायक प्रहरी निरीक्षक अवधलाल सोनारलाई पनि सम्मान गरी मायाको चिनो प्रदान गरेका थिए ।

सो क्रममा स्थानीय नेता रमेश सिंह, कलपराज कोइराला र सबिन ढकालसहितको उपस्थिति थियो । अभियान शुरु गरेका यादव पार्टीको महोत्तरी निर्वाचन क्षेत्र १ को ‘क’ बाट प्रदेशसभातर्फ उम्मेदवारको रुपमा सिफारिससमेत भएका छन् । उनी सो क्षेत्रका अनुशासन समिति संयोजक पनि छन् ।

Comment


Related News

Latest News

Trending News