
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । बलात्कार मुद्दामा उजुरी परेपछि क्यानले उनलाई निलम्बन गरेको हो ।
बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो ।
एक १७ वर्षीया नाबालिगले सन्दीपविरुद्ध बलात्कारको उजुरी दिएकी छिन् । सन्दीप हाल क्यारेबियन लिगका लागि जमैकामा रहेका छन् । जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई निर्देशन समेत दिएको छ ।