अपडेट 
२०७९ भाद्र २३, बिहीबार २१:११

सिट बाँडफाँट गर्न गठित सत्ता गठबन्धनको कार्यदलले शिर्ष तहमा प्रतिवेदन बुझाएको छ ।

बिहीबार भएको लामो छलफलपछि दलहरुको आ–आफ्नो दावी सहितको सिट बाँडफाँटको प्रतिवेदन बुझाएको हो । शिर्ष तहसंग को समन्वयमा दिनभर कार्यदलले सिट बाँडफाँटको मोडालिटीमा छलफल गरि प्रतिवेदन तयार गरेर बुझाइएको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । प्रतिवेदनमाथि शीर्ष नेतृत्वबाट थप अध्ययन गरेर सिट बागबण्डाबारे टुंगो लगाउने उहाले बताउनुभयो । उहाले जसपा सिट बाँडफाँटमा असन्तुष्ट रहेको र गठबन्धन छाड्ने भन्ने बिषयमा सत्यता नभएको जिकिर गर्नुभयो । उहाले सवै दललाई जितेको अनुभव हुने गरि शिर्ष तहले सिट बाँडफाँटलाई अन्तिम रुप दिने बताउनुभयो ।

कार्कीले शिर्ष तहको बैठक शुक्रबार बस्ने जानकारी दिनुभयो ।

Comment

Related News

Latest News

Trending News