२०७९ भाद्र २४, शुक्रबार ०६:५६

विगत १३ बर्ष देखि अमरनाथ गुप्ताले कव्जामा राखेको सूनचान्दी व्यवसायी संघलाई पवनकुमार ठाकुरले छुटकारा दिलाएका छन् ।

बिहीवार सम्पन्न निर्वाचनवाट अमरनाथ गुप्तालाई पछार्दै पवन ठाकुर अध्यक्ष पदमा निर्वाचित भएका छन् । गुप्ता १२७ मत ल्याएका थिए भने ठाकुर १५१ मत ल्याएर बिजयी भएका छन् । त्यस्तै उपाध्यक्षमा राजीवकुमार साह चन्दन १७८ मत ल्याएर बिजयी भएका छन् भने संजयकुमार साह १०० मत ल्याएका थिए । त्यस्तै महासचिवमा संजयप्रसाद साहले १७० मत ल्याएर बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी प्रमोदकुमार साहले १११ मत ल्याएका थिए । त्यस्तै सचिवमा बलराम साह १८६ मत ल्याएर बिजयी भए भने उनका निकटतम प्रतिद्वन्दी श्रवण साह ९३ मत मात्र ल्याउन सफल भएका थिए । त्यस्तै कोषाध्यषमा संजयकुमार साह १९५ मत ल्याएर बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी सुमिन्त्रा देवीले मात्र ८७ मत ल्याएका छन् ।

Comment


Related News

Latest News

Trending News