अपडेट 
२०७९ भाद्र २४, शुक्रबार ०७:०५

बाराको निजगढ नगरपालिकाले ९५ करोडको बजेट पारित गरेको छ ।

बिहीबार सम्पन्न नगरसभाले चालु आर्थिक २०७९/०८० का लागि २४ करोड ७२ लाख सशर्त अनुदानसहित ९५ करोडको बजेट विनियोजन गरेको जनाइएको छ । नगरसभाको पहिलो वैठक बसेर स्थगित १०औं अधिवेशनको दोस्रो बैठकले बजेट बिनियोजन पारित गरेको छ । नगरपालिकाकी उपप्रमुख सोममाया थिङले सभामा बजेट प्रस्तुत गरेकी थिइन् । नगरपालिकाले बजेटमा कृषी, सिँचाई र खानेपानीलाई प्राथमिकता दिएको छ । उपप्रमुख थिङद्वारा प्रस्तुत बजेटमा डिप बोरिङ, सिँचाई तथा खानेपानी निर्माणतर्फ १३ करोड ८ लाख र तटबन्द निर्माणमा ६० लाख रुपैया विनियोजन गरिएको छ । यसैगरी सडक, नाला र अन्य पूर्वाधार निर्माणको लागि ५ करोड ७२ लाख रुपैया विनियोजन भएको छ । सभाले विनियोजन विधेयक सर्वसम्मतिले पास गर्नुका साथै न्यायिक समिति समेत गठन गरेको छ । उपप्रमुख संयोजक रहने समितिको सदस्यमा वडा नम्बर ६ का वडाध्यक्ष घनश्याम तिमिल्सिना र कार्यपालिका सदस्य रेणुकुमारी दर्जीलाई चयन गरिएको छ ।

Comment


Related News

Latest News

Trending News