अपडेट 
२०७९ भाद्र २४, शुक्रबार ०९:०९

नेपालको मानव विकास सूचकाङ्क खस्किएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास  कार्यक्रमको  मानव  विकास  प्रतिवेदन, सन् २०२१/२२ को प्रतिवेदनमा नेपालको  मानव  विकास सूचकाङ्क खस्किएको उल्लेख छ । प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क सन् २०२१ मा ० दशमलव ६०२ रहेको छ ।

सन् २०१९ मा ० दशमलव ६११ रहेको मानव विकास सूचकाङ्क २०२० मा ० दशमलव ६०४ थियो । सन् २०१८ मा भने नेपालको मानव विकास सूचकाङ्क ० दशमलव ६०१ थियो । दक्षिण एसियाली देशमा नेपाललगायत भारत र भुटानको पनि मानव विकास सूचकाङ्क घटेको देखिएको छ ।

पाकिस्तान र माल्दिभ्सको मानव विकास सूचकाङ्क सन् २०२० मा घटेको भए पनि अहिले केही सुधार आएको  छ  ।  श्रीलङ्का  र  बङ्गलादेशको  मानव  विकास सूचकाङ्क भने दुवै वर्ष बढेको छ । सन्  २०२१  मा  मानव  विकास  सूचकाङ्क  श्रीलङ्काको ० दशमलव ७८२, माल्दिभ्सको ० दशमलव ७४७, भुटानको ० दशमलव ६६६,  बङ्गलादेशको  ० दशमलव ६६१,  पाकिस्तानको  ० दशमलव ६४४,  भारतको  ० दशमलव ६३३  र  अफगानिस्तानको  ० दशमलव ४७८  रहेको  छ  ।

यो  प्रतिवेदन अनुसार  मानव  विकास सूचकाङ्कमा नेपाल १ सय ४३औँ स्थानमा छ । दक्षिण एसियाली देशमा पाकिस्तान १ सय ६१, भारत १ सय ३२, बङ्गलादेश १ सय २९, भुटान १ सय २७ र श्रीलङ्का ७३औँ स्थानमा छ ।

समस्यासँग  जुध्न  नसके  झन्  खराब अवस्था आउने यूएनडीपीले चेतावनी दिएको छ । यो प्रतिवेदनले कोभिड–१९ र रुस–युक्रेन युद्धका कारण विगतका दुई वर्ष विश्वका अर्बाैँ मानिसको जनजीवनलाई प्रभाव पारेको उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News