अपडेट 
२०७९ भाद्र २४, शुक्रबार ०७:५१

लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) नेपालले महोत्तरी क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारको नाम सिफारिस गरेको छ ।

लोसपाका क्षेत्र नम्बर–४ का अध्यक्ष विनोद गामीको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ सरत सिंह भण्डारी र समानुपातिक तर्फ निर्जला राउतको नाम सिफारिस गरिएको छ । त्यस्त,ै प्रदेशसभा क्षेत्र नम्बर –४ ‘क’ को लागि प्रत्यक्ष तर्फ कुशेश्वर प्रसाद यादव, दरेश यादव, ज्ञानेन्द्र झा, रंजित सिह कुश्वाहा, लालबाबु साह र संजय कुमार चौधरी तथा समानुपातिक तर्फ बिभादेबी साह, शेख अनवारुल हक, सेवल महरा, नरेश यादव, सुरेन्द्र साह, जमसैद अंसारी, तुल्सा पोखरेल र विनोद यादवको नाम सिफारिस गरिएको छ । त्यस्तै, क्षेत्र नम्बर ४ ‘ख’ बाट प्रत्यक्ष तर्फ संजय सिंह, विनोद गामी, राज कुमार दाहा, रोसन सिह राणा, नागेन्द्र झा र समानुपातिक तर्फ रामबाबु साह, संजय कुमार साह, सनाउल अंसारी, रोजाई साफी, मनोज कुमार झा, रमिता प्रधान र विनोद कुमार सिंहलाई प्रदेशसभा सदस्यको लागि सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर–४ को सम्सी बजारमा भाएको बिस्तारित बैठकमा प्रमुख अतिथी लोसपा नेपालका जिल्ला अध्यक्ष रामबाबु साह, जिल्ला समन्वय समितिका सभापति सुमन कर्ण, सोनमा गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादव, औरही नगरपालिकाका मेयर प्रदीप कुमार खडका, उपमेयर रेनु झा, लगायत क्षेत्र नम्बर–४ का पार्टीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News