अपडेट 
२०७९ भाद्र २४, शुक्रबार १०:३७

नाबालिग बलात्कार अभियोग लागेका नेपाली क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू निर्दोष भएको दाबी गरेका छन्।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत उनले आफू निर्दोष रहेको र कानुनमा विश्वास राख्ने बताएका हुन्। उनले आधारहीन आरोपको सामना गर्न बिदा लिएर चाँडै नेपाल फर्किने पनि बताए। सन्दीपले नेपालको कानुनलाई मान्ने उल्लेख गर्दै कानुनले सबैलाई समान रुपले हेर्ने आशा पनि व्यक्त गरेका छन्। सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतले बिहीबार पक्राउ पुर्जी जारी गरेको थियो।

यस्तै नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई निलम्बित गरिसकेको छ। गत मंगलबार उनीविरुद्ध प्रहरी बृत्त गौशालामा एक किशोरीले आफूलाई बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध उजुरी दिएकी थिइन्। सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्।

 

Comment

Related News