बलात्कार प्रयासको आरोपमा फरार रहेका सिरहाको लहान नगरपालिकाका उपप्रमुख रामचलितर प्रहरीमा हाजिर भएका छन् ।
शुक्रबार उनी कानून व्यवसायीमार्फत लहान प्रहरीमा हाजिर भएका छन् । प्रहरीले महतोलाई नियन्त्रणमा लिएको सिरहाका प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । उनका अनुसार उनको स्वास्थ्य परीक्षणको लागि लहानस्थित प्रादेशिक अस्पताल पठाएको छ । महतोको स्वास्थ्य परीक्षणपछि अनुसन्धान पूरा नभए सम्म थुनामा राखिने डिएसपी बुढाथोकीले बताए । गत जेठमा १९ गते जागिरको प्रलोभन देखाई २१ वर्षीय महिलामाथि बलात्कार प्रयास गरेको उनीमाथि आरोप छ । ती महिलाले साउन ४ गते प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरी परेका खबर पाएपछि उपप्रमुख महतो सम्पर्कविहीन भएका थिए । उनी करिव दुई महिनापछि प्रहरीमा हाजिर भएका हुन् । गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत व्यक्तिगत घटना दर्ता शिविर संचालन गर्न अपरेटर पदको लागि कर्मचारी आवश्यकताको विज्ञापन गरिएको थियो ।


