अपडेट 
२०७९ भाद्र २५, शनिबार ०७:५६

मधेश प्रदेशका आठवटै जिल्लाका ३२ वटा प्रतिनिधिसभा र ६४ वटा प्रदेश सभा निर्वाचन क्षेत्रका लागि प्रत्येक क्षेत्र वाट तीनजनाको नाम सिफारिस गरिएको छ ।

प्रदेशसभा समानुपातिक का लागि प्रत्येक जिल्ला वाट पाँच जना पुरुष र पाँच जना महिला गरी ४० पुरुष र ४० महिलाको नाम सिफारिस गरिएको छ । यसैगरी प्रतिनिधिसभा समानुपातिककालागि पुरुष र महिलागरी जम्मा ७० जनाको नाम सिफारिस गरिएको छ । पार्टीका क्षेत्रीय समितिहरुको सिफारिसमा जिल्ला समितिहरुले गरेको सिफारिस लाई आधार मानी प्रदेश समितिको अधिकार प्रत्याजोन वमोजीम मधेश प्रदेश कार्यकारिणी समितिले निर्णय गरी सिफारिस गरेको जनाइएको छ ।

केन्द्रीय अध्यक्ष उपेन्द्र यादव को नाम मधेश प्रदेश का ११ निर्वाचन क्षेत्रबाट सिफारिस आएपनि प्रदेश समितिले ४ वटा क्षेत्रका लागि नाम सिफारिस गरेको छ । जसमा सप्तरी–२,सिरहा– २,धनुषा–३ र वारा–२ रहेको छ । यी मध्ये अध्यक्ष यादवको उम्मेदवार हुने जहाँवाट इच्छा भए प्रदेश समितिको पूर्ण सहयोग र समर्थन रहने जनाइएको छ । एक दुईवटा अपवाद वाहेक प्रत्यक्ष तर्फ वहाल रहेका प्रदेश सभा सदस्यहरु सबैको सिफारिस गरिएको मधेश प्रदेश समितिका उपाध्यक्ष तथा प्रचार प्रसार विभाग प्रमुख शम्भू झाले जानकारी दिएका छन् । साथै समानुपातिक तर्फ वहाल वाला प्रदेश सभा सदस्यहरुको सिफारिस गरिएको छैन । वहालवाला समानुपातिक हरुलाई प्रत्यक्ष तर्फ र समानुपातिक प्रतिनिधिसभा तर्फ सिफारिस गरिएको छ । समितिले केन्द्रवाट उम्मेदवार हरुको अन्तिम निर्णय नहुन्जेल सम्म सिफारिस लाई आधार मानी सामाजिक सञ्जालहरुमा स्वयम उम्मेदवार भएको घोषणा नगर्न सबै नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेको प्रचार प्रसार प्रमुख झाले जानकारी दिएका छन् ।

Please subscribe our official youtube channel below and support us.

Comment


Related News