२०७९ भाद्र २५, शनिबार ०७:५८

लोकतानित्रक समाजवादी पार्टी (लोसपा)ले गठबन्धन गर्न गृहकार्य शुरु गरेको छ ।

शुक्रबार प्रदेश समितिले गठबन्धनको सन्दर्भमा पार्टी केन्द्रीय कार्यालयलाई प्रतिवेदन बुझाउने निर्णय गरेको हो । निर्वाचन क्षेत्र र जिल्लाबाट गठबन्धन गर्न प्रदेश समितिमा मिश्रित प्रतिक्रिया आएको छ । सोही प्रतिक्रियालाई प्रतिवेदन बनाई केन्द्रीय समितिमा बुझाउन प्रदेश अध्यक्ष जितेन्द्र सोनललाई जिम्मेवारी दिइएको छ । बैठकमा क्षेत्र हुँदै जिल्ला समितिबाट आएको सिफारिसमा पनि छलफल भएको लोसपा नेता परमेश्वर साहले जानकारी दिए । ‘कुनै ठोस र एक रुपले अवाज आएको छैन्,’उनले भने,‘मधेशवादी दल र नेकपा एमालेसँग पनि गठबन्धन गर्न जिल्लाका साथीहरुले प्रदेश समितिलाई सुझाब दिएको छ ।’ बैठकमा आएको प्रतिक्रियामा प्रतिवेदन बनाई केन्द्रलाई पठाउने र केन्द्रले कार्य दल बनाई आवश्यक र उचित दलसँग तालमेल गर्ने उनको भनाई छ । क्षेत्र र जिल्ला समिति हुँदै प्रदेशमा आएको उम्मेदवार सिफारिस पनि केन्द्रमा पठाउने तयारी भएको छ । सिफारिसमा नेताहरुको अकांक्षी सम्बन्धि प्रदेश समितिको राय, शैक्षिक योग्यता र योगदान बारे संक्षिप्त जानकारीसहित सिफारिस पठाइएको हो । जिल्ला अध्यक्षहरुलाई पनि बलियो उम्मेदवार सम्बन्धी र तालमेल भए कुन सिटमा दावी गर्ने लगायत विषयसमेटर प्रतिवेदन दिन प्रदेश समितिले निर्देशन दिएको छ । थ्रेस होल्डबाट बच्न र राष्ट्रिय पार्टी बनाउन कम्तीमा साढे तीन लाख मत ल्याउने हिसाबले मेहन्त गर्न नेताहरुले सुझाएको छ ।

Comment


Related News

Latest News

Trending News