अपडेट 
२०७९ भाद्र २५, शनिबार ०८:०१

पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले देशको हरेक परिवर्तनमा पत्रकारको भूमिक महत्वपुर्ण रहेको बताएका छन् ।

देशको राजनीतिक, सामाजिक, सांस्कृतिक एवं आर्थिकका साथै देशमा भएका राजनीतिक सहित सबैखाले परिवर्तनमा पत्रकारहरुको अहम भूमिका रहेको अध्यक्ष नेपालले बताएका छन् । कोरोना महामारीका बेला कोरोनाबाट ज्यान गुमाएका पत्रकार मनोज चौधरीको सम्झनामा नेपाल पत्रकार महासंघ रौतहटले गरुडामा आयोजना गरेको मनोज चौधरी स्मृती पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले पत्रकार देश परिवर्तनको संवाहक भएको हुनाले पत्रकार समाज र जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् । पत्रकारले देशको प्रतिष्ठा जोगाउनुका साथै समाजमा रुपान्त्रणको सन्देश दिने भएकोले आफ्ना व्यक्तिगत स्वार्थभन्दा माथी उठेर जहिले नि समाचार सम्प्रेष्ण गर्नुपर्ने नेता नेपालले बताए । नेता नेपालले भने–‘राजनीति, अर्थ, प्रसाशन, न्याय, सुरक्षा, विश्व बर्माण्ड आदिको सत्य र तथ्यको आधारमा समाचार सम्प्रेषण गर्नु पत्रकारको अहम भूमिका बन्दछ, पत्रकार समाज रुपान्तरणको संवाहक एवम् नागरिक सचेतनाको आधार पनि हुन, इमान्दारिता, स्पष्टता, बौद्धिकता उनका मुलभूत बिशेषता हुन ।’ पत्रकारले इमान्दारिताका साथ स्पष्ट प्रमाणका आधारमा मात्र समाचार सम्प्रेषण गर्नुपर्ने उनले धारणा राखे । समाचार सम्प्रेषणको अर्थ जनतालाई सुसूचित पार्नु र सरकार प्रशासनलाई सूचना संवाहक पनि बन्नु हो’ उनले अघि भने’ पत्रकार आफैमा शालिन हुनुपर्दछ, कुनै घटना एवम् खोजमुलक बिषयको समाचार प्रवाह गर्दा वास्तविक तथ्य र सत्यताको आधारमा हुनुपर्छ नकी पत्रकारले आबेग र उत्तेजनाको आधारमा एवम् प्रतिशोधका लागि हुनुहुदैन । कार्यक्रममा आफ्ना कलम र आवाजको माध्यमले रौतहटको पत्रकारिता क्षेत्रमा योग्दान पुर्याएको भन्दै गोरखापत्र दैनिक संस्थानका कार्यकारी सम्पादक विवेकानन्द मिश्रालाई सम्मान सहित पुरस्कृत गरिएको छ ।

आयोजक नेपाल पत्रकार महासंघले पत्रकार मिश्रलाई पुरस्कार स्वरुप २५ हजार रुपैयाँको चेक हस्तान्त्रण गरेको महासंघका जिल्ल अध्यक्ष प्रेमचन्द्र झाले जानकारी दिएका छन् । कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पत्रकार मिश्रलाई उक्त चेक हस्तान्त्रण गर्दै दोसल्ला ओढाई कदरपत्र सहित सम्मानित गरेका थिए । कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीकी स्थायी समिति सदस्य एवं संघीय संसदको विकास समितिकी सभापति कल्याणी खड्का, स्थायी समिति सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री डा. वंशीधर मिश्र, स्थायी समिति सदस्य रामकुमार भट्टराई, मधेश प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण राज्य मन्त्री नागेन्द्र यादव, गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवाल, उपमेयर तथा स्वर्गीय पत्रकार मनोज कुमार चौधरीको श्रीमति पुनम कुमारी चौधरी सहित अन्य नेता तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News