अपडेट 
२०७९ भाद्र २५, शनिबार ०८:०६

सामाजिक कार्यमा अग्रणीय अवस्थामा रहने गरेका पूर्व कराते खेलाडी दीपेन्द्र ठाकुर राजनीतिक खेल्ने यात्रामा अग्रसर भएका छन् ।

उनी आगमी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्वर ३ को ‘ख’ वाट प्रदेश सभाका उम्मेदवार हुन लागेका छन् । पूर्व कराते खेलाडी ठाकुर यस भन्दा पूर्व जनकपुरधामका चर्चित रामानन्द युवा कल्वका अध्यक्ष रहि सकेका छन् भने विभिन्न समयमा सामाजिक कार्यमा प्रत्यक्ष संलग्न हुने गरेका छन् । सानै उमेर देखी खेलकुद तथा निर्माण व्यवसायमा रुचि राख्ने ठाकुर सानो समयमै ‘ क’ वर्गका निर्माण व्यवसायीका रुपमा स्थापित भएका छन् । कोरोना महामारीको पहिलो र दोस्रो लहरमा उनी फ्रन्टमै रहेर राहत वितरण देखी लिएर दैनिक आफ्नो खर्चमा गरिव, असहायहरुलाई भोजन गराउने कार्यमा प्रत्यक्ष लागेका थिए । ठाकुरको सामाजप्रतिको लगानीले उनी लोकप्रिय हुँदै गएको छ ।

नेकपा एमालेले टिकट दिए उनी सहजै निर्वाचन जित्न सक्ने क्षमता भएका नेताको रुपमा मानिएको छ । ठाकुरको लगनशीलताले उनी जुन व्यवसायमा गए त्यसमा सफलता कायम गरेका छन् । उनी राजनीतिमा आएर प्रत्यक्ष रुपमा सामाजिक दायित्वलाई निर्वाह गर्ने बताएका छन् । सामाजमा देखिएका विकृति, विसंगति विरुद्ध लड्नकालागि राजनीति एक मात्र आधार रहेको उनी बताउँछन् । युवाहरु माझ लोकप्रिय ठाकुरले आपूm सदैव सामाज सेवाको भाव राखेर काम गरे आफ्नो पैसा सामाजमा लगाए राजनीति लाभ गर्ने नभई सामाजिक दायित्वलाई थप प्रगााढ गर्नकालागि आपूmले रोजेको बताए ।

Please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=WHox-hfu14Y

Comment


Related News

Latest News

Trending News