![](https://ejanakpurtoday.com/wp-content/uploads/2022/09/viber_image_2022_09_07_03_21_47_7861662547094_12001662778231_1200.jpg)
२० वर्षमुनिको एसिया कप फुटबल छनोटमा नेपालले आज भुटानसँग खेल्दैछ । खेल बहराइनको शेख अली बिन मोहमद अल खालिफा स्टेडियममा राति पौने ९ बजे सुरु हुनेछ ।
भुटानसँगको खेलमा नेपाल केही सहज अवस्थामा छ । २० वर्षमुनिको नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले प्रतियोगिताका लागि टिमको तयारी राम्रो रहेकोले एसिया कपमा छनोट हुने आशा राखेको बताएका छन् ।
नेपाल रहेको समूहमा भुटानसँगै कतार, बहराइन र बङ्ग्लादेश छन् । नेपालले सोमवार कतारसँग, विहीबार बहराइन र आउँदो हप्ताको आइतवार बङ्ग्लादेशसँग खेल्नेछ । समूह विजेता आउँदो वर्ष उज्वेकिस्तानमा हुने २० वर्षमुनिको एसिया कपमा छनोट हुनेछ ।