२०७९ भाद्र २५, शनिबार १७:१०

वीरगन्ज महानगरपालिकाका निवर्तमान वडा अध्यक्षलाई विशेष अदालतले तीन महिना कारागार सजाय सुनाएको छ । महानगरपालिकाको वडा नम्बर १६का निवर्तमान वडा अध्यक्ष श्यामबाबु प्रसाद चौरसियालाई भ्रष्टाचारको मुद्दामा तीन महिना करागार र १० हजार रुपैया जरिवाना सजाय सुनाइएको हो । विषेश अदालतका न्यायधीसहरु रमेश कुमार पोखरेल र शालिग्राम कोइराला एवम बलभद्र बास्तोलाको इजलासले बिहिबार फैसलामा उक्त सजाय र जरिवाना गरेको हो ।

सोहि मुद्दामा जहराती मियां धुनियालाई ८० हजार र ज्ञान्ती देवीलाई ९०हजार रुपैया जरिवाना भराउने फैसला गरिएको छ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगले वीरगन्ज वडा नम्बर १६ का निवर्तमान वडा अध्यक्ष चौरसियाले वडामा पर्ने धुनिया विक्रि गरेको जग्गाको मुल्यांकन न्यून गरेर सिफारिस गरेका थिए ।उक्त जग्गा खरिदबिक्रिमाआर्थिक हानी नोक्सानी पुर्याइएको भन्दै उक्त दन्ड सजाय सुनाइएको जनाइएको छ ।

निवर्तमान वडा अध्यक्ष चौरसिया सहित जग्गा बिक्रेता धुनिय र खरिदकर्ता ज्ञान्ति देवीलाई समेत प्रतिवादी बनाइ अख्तियार दुरुपयोग अनुशन्धान आयोगले विषेश अदालतमा २०७७ जेठ ९ गते मुद्दा दर्ता गरेको थियो ।

वडा अध्यक्ष चौरसियाले प्रतिकठ्ठा ६० लाख पर्ने जग्गाको थैली रकम कम राखेर सिफारिस गरेको आरोपमा आयोगले अनुशन्धान गरि आरोपित तीनै जनामाथी विशेष अदालतमा मुदा दर्ता गरेको थियो । वीरगन्जको वडा नम्बर १६ मा पर्ने ११ धुर जग्गाको खरिद विक्रिमा वडाअध्यक्ष चौरसियाको सिफारिसको आधारमा थैली रकमकम राख्दा सरकारलाई असुल हुनु पर्ने रजिष्टे«शन वापत झन्डै ९५ हजार र पुजीगत लाभकर तर्फ ८२हजार ५सय रुपैया नोक्सान भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News