अपडेट 
२०७९ भाद्र २५, शनिबार १९:५३

वीरगञ्ज २५ भदौ ।
गौतम माध्यमिक विद्यालयले वीरगञ्जमा निशुल्क आँखा तथा स्वास्थ्य शिविरको आयोजना गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ मिलन चोक स्थित रहवर केयर सेन्टरमा निशुल्क आँखा तथा स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।

रहवर फाउन्डेसन, माट्रिका आई सेन्टर र नेपाल फार्मास्युटिकल्स ल्याब प्रा।लि।को सहयोगमा शनिबार बिहान निशुल्क आँखा तथा स्वास्थ्य शिविरको आयोजना गरिएको हो । शिविरमा ४ सय ७८ जनाको आँखा परीक्षण गरिएको थियो । सहभागी सबै रोगीलाई आवश्य औषधि समेत वितरण गरिएको थियो ।

कार्यक्रममा गौतम माध्यमिक विद्यालयका निर्देशक सोनम लामाले यस किसिमको शिविरले विद्यार्थीहरुमा सानैदेखि सकारात्मक सोच र समाजीक सेवाप्रति आकर्षण बढने बताए । उनीहरुमा समाजसेवाको भावना जाग्रित गर्न सकिने यस्ता कार्यक्रमहरुलाई विद्यालयले निरन्तर गरिरहने निर्देशक लामाको भनाइ थियो ।

माट्रिका आइ फाउन्डेसनका निर्देशक डा. किशोर प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न भएको शिविरको सभापतित्व रहवर फाउन्डेसनका निर्देशक रहवर अंसारीले गरेका थिए ।

शिविरमा गण्डक हस्पिटलका निर्देशक सौकत अली, संचारकर्मी, स्थानीय बुद्धिजीवी, समाजसेवी समेतको उपस्थिति रहेको थियो । गौतम माध्यमिक विद्यालय वीरगञ्जका तर्फबाट शिक्षक सौरज प्रधानले सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन व्यक्त गरेका थिए ।

Comment


Related News

Latest News

Trending News