२०७९ भाद्र २६, आईतवार ०६:४६

दिवंगत बुबाको सम्झनामा मनाइने पितृ तर्पण शुरु भएको छ ।

शनिबारदेखि जनकपुरधामसहित विभिन्न जलासयमा पुगेर पितृपक्ष अर्थात् सोह्र श्राद्धअन्तर्गत तर्पण शुरु भएको हो । बुबाको सम्झनामा १५ दिन सम्म सन्तानले कुश हातमा लिई मन्त्रोच्चारणसहित तर्पण दिने गरिन्छ । यो पर्वमा कुश, तील, जौ र फुली लिएर पोखरीमा विशेष पूजा गर्ने गर्छन । यसमा काँक्रो दान गर्ने चलनसमेत रहेको छ । तर्पण गर्दा स्वर्गीय भइसकेका पूर्वजहरुलाई शान्ति प्राप्त हुने जनविश्वास रहेको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म १५ तिथिमा दिवंगत पितृलाई सम्मान गर्दै तर्पण, सीदादान र पिण्डदान गरिने परम्परा रहेको छ । सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त हुने धार्मिक जनविश्वास रहिआएको छ । विगतमा यस छोराले मात्रै तर्पण दिने गरेका थिए । तर पछिल्लो समय छोरीहरु पनि दिवंगत बुबालाई तर्पण दिने गरेका छन् । जनकपुरधामको गंगा सागर पोखरीसहितको जलासयमा शनिबार तर्पण दिनेहरुको भिँड लागेको थियो ।

Comment


Related News

Latest News

Trending News