गरुडा । पछिलो समय आफनो धर्म, संस्कृति लोप हुँदै गएकोप्रति रौतहटका नेवार समुदाय चिन्तित भएका छन् ।
रौतहटको फतुवा विजयपुर नगरपालिकाको हिमालीबासमा शनिवार आयोजित एक कार्यक्रममा बोल्ने नेवार समुदायका अधिकांश व्यक्तिहरुले आपूmहरुको धर्म, संस्कृति लोप हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिवार दिउँसो जिल्लाको पश्च्मिी भेग स्थित हिमालीबासमा नेवार समुदायको सम्पन्न प्रथम नगर अधिवेशनमा नेवार समुदायका मधेश प्रदेश सदस्य श्रृष्टि श्रेष्ठले अन्य जातजाति तथा समुदाय एकजुट भइ आ–आफनो धर्म, संस्कृतिलाई संरक्षण गर्न लागि परेको भएपनि नेवार समुदायमा एकरुपता नभएका कारण नेवार समुदायको धर्म, संस्कृति लोप हुँदै गएको बताएकी छन् । नेपाललाई चार वर्ण छत्तीस जातको साझा फूलबारी भनिएको भन्दै श्रेष्ठले यहाँको भाषा, धर्म, संस्कृति र प्रत्येक जातका पहिरनले विश्वमा नेपाललाई चिनाउँदै आएको बताए । त्यही धेरै जातमध्येका एक प्रमुख जात हो नेवार समुदाय, नेवार समुदायले पनि आफ्ना भेषभुषा, भाषा, धर्म र संस्कृतिको माध्यमले नेपाललाई विश्वमा चिनाउने काम गर्दै आएकोले लोप हुँदै गएको आफना धर्म र संस्कृतिलाई जोगाउने अर्थात संरक्षण गर्नेतर्फ लाग्न सबै नेवार समुदायलाई उनले आग्रह गरिन् । सोही कार्यक्रममा बोल्दै दुधिअवा माविमा कार्यरत शिक्षीका उषा श्रेष्ठले नेवार समुदायहरुमा एकरुपता कायम नहुँदा यी समुदायको धर्म, संस्कृति लोप हुने खतर बढ्दै गएको बताइन् ।
आफ्ना संस्कृति तर्फ अहिलेका युवापुस्ताले खासै त्यती ध्यान नदिँदा धर्म, संस्कृति लोप हुने अवस्थामा पुगेको भन्दै उनले आफ्ना धर्म, संस्कृतिलाई संरक्षण गर्न सबैलाई एकजुट भएर लाग्नुपर्ने धारणा राखिन । कार्यक्रममा बोल्दै स्थानीय प्रकाश श्रेष्ठले पछिल्लो समय नेवार समुदायको हक अधिकारका लागि सरकार अझै उदासिन रहेको बताइन् । नेवार समुदायलाई सरकारले जहिले पनि उपेक्षा गर्दै आइरहेको बताउँदै श्रेष्ठले नेवार सुमुदायको अधिकार र पहिचानका लागि सबै नेवार समुदायलाई एकजुट हुन आग्रह गरेका थिए । सम्पन्न अधिवेशनबाट नेवार समुदायको नगर कमिटी समेत गठन गरिएको छ । नवगठित नगर कमिटीको अध्यक्षमा मेग बहादुर श्रेष्ठ, बरिष्ठ उपाध्यक्षमा दण्ड बहादुर श्रेष्ठ, महिला उपाध्यक्षमा विमला श्रेष्ठ, सचिवमा विनोद श्रेष्ठ, कोषाध्यक्षमा कमला श्रेष्ठलाई चएन गरिएको छ भने सदस्यहरुमा मोहनलाल श्रेष्ठ, टोपबहादुर श्रेष्ठ, अम्बिका श्रेष्ठ, मोहन नारायण श्रेष्ठ, दिपक श्रेष्ठ सानु, मन्दिरा श्रेष्ठ, नविना श्रेष्ठ, विमला कुमारी डंगोल, सुरेश श्रेष्ठ, विना श्रेष्ठ र कल्पना श्रेष्ठलाई चएन गरिएको छ ।


